दिपा महत, तौलिहवा ।
कपिलवस्तु तौलिहवाकी राधिका मुराउ उमेरले ३५ वर्ष नाघेकी छन् । मुराउको दैनिकी भने ब्यस्तनै रहन्छ । मुराउ कपिलवस्तु शिल्प कला केन्द्रमा सिलाई कटाई ट्रेनर हुन् । विगत १३ वर्ष देखि आफुले यस केन्द्रमा सिलाई कटाई सम्बन्धि तालिम दिन थालेको उनि बताउछिन् । राधिकाले कला केन्द्रका महिलाहरुलाई सिलाई कटाई सिकाउनका साथै शिल्पकला केन्द्रले सन्चालन गरेको क्याफेमा समेत काम गर्दछिन् ।
साथै फुर्सदको समयमा घरमा सिलाई कटाईको काम गर्ने गरेको उनि सुनाउछिन् । कुनै समय परिवारबाट चरम यातना सहनु परेको स्मरण गर्दै राधिका भन्छिन, ‘ति दिन सम्झदा पनि भक्कानो छुट्छ मैलै विवाह पछि चरम शारिरिक तथा मानसिक हिंशा सहनुपर्यो, श्रीमानले दिनरात कुट्दथे म त मरेर बाचेको हो ।’ पुराना दिनहरु स्मरण गर्दै राधिकाले भनिन्, ‘मैले सोचेको पनि थिएन जीवनमा यस्तो दिन आउदछ भनेर म त जिउँदै मरेतुल्य थिए त्यो समयमा थौरै हिम्मत नगरेको भए सायद आज म यो ठाँउमा हुने थिएन् तर जे होस मेरो लागि भगवान बनेर आयो नारी शिल्प कला केन्द्र त्यो समयमा यस केन्द्रको बारे केहि जानकार थिए घर पनि नजिकै भएकाले बिद्रोह गरेर घरपरिवार छाडे र माइतमा बस्न थाले अनि शिल्प कला केन्द्रबाट सिलाई बुनाई सिके जुन सीपले मलाई आत्म निर्भर मात्र बनाएन जीवन जिउन पनि सिकायो त्यस कारण पनि यस कला केन्द्र संग छुट्टै खालको भावनात्मक सम्बन्ध छ ।’

राधिकाले शिल्पकला केन्द्रमा तालिम दिन लागेको १३ वर्ष भैसकेको छ । उनि पनि यहि कला केन्द्रबाट सीप सिकेर अहिले सोही केन्द्रमा प्रशिक्षकको रुपमा रहेकी छन् । घरपरिवार बाट आफुलाई कुटपिट हुन थालेपछि १छोरी र २ छोरालाई लिएर उनि माइत आएकी थिइन् । अहिले उनकी छोरी अन्जनी मुराउ कक्षा ११ मा पढ्दछिन भने, छोरा अंकित मुराउ कक्षा १२ मा पढ्दछन यस्तै अर्का छोरा अविशेक मुराउ भने कक्षा १० मा अध्ययन गर्दछन् । आफ्ना ३ वटै छोराछोरीको लालनपालनदेखि अध्ययन उनले आफ्नै आम्दानी बाट गराएकी हुन् ।
राधिका भन्छिन् सीप सबै भन्दा ठूलो रहेछ सीप भएपछि आत्मनिर्भर बन्न सकिन्छ महिला आर्थिक रुपमा सक्षम भएमा पनि हिंशाका धेरै घट्ना कम हुन्छन् । यसरी हिंशा सहन बाध्य राधिका जस्ता धेरै महिलाहरु शिल्प कला केन्द्रमा आउने गरेका छन् । कलाकेन्द्रमा आएर सीयुक्त बनेपछि उनिहरुले जिविकोपार्जनका लागि ब्यवसायसमेत संचालन गरेको नारी शिल्पकला केन्द्र कपिलवस्तुले जनाएको छ ।
राधिका जस्तै बाणगंगा ६ की गोमा परियारले पनि सोही शिल्प कला केन्द्रमा सिलाई बुनाई सिकेकी हुन् । २०४९ सालमा १ सय ५० रुपैया तिरेर सिलाई कटाई सिकेको स्मरण गर्दै गोमा भन्छिन्, ‘जुन ठाँउबाट मैले सीप सिके सोही ठाँउमा अहिले प्रशिक्षक बनेर सिकाउन पाउँदै निकैनै गौरव लाग्ने रहेछ म आभारी छु शिल्प कला केन्द्र प्रति जसले मलाई जीवनमा केहि गर्नु पर्दछ भनेर सिकायो म जस्ता हजारौलाई सीप सिकाउँदै ब्यवसायीक बनाउने काम गरेको छ शिल्प कला केन्द्रले गोमाले भनिन् ।’
अहिले गोमाले सोही कला केन्द्रका प्रशिक्षार्थीलाई सिलाई बुनाई सम्बन्धि बेसिक तालिम दिने गरेकी छन् । साथै स्थानीय तहले संचालन गर्ने विभिन्न तालिममा पनि कला केन्द्रले आफुलाई प्रशिक्षकका रुपमा पठाउने गरेको उनले बताईन् । आफुले सिकको सीपले आर्थिक रुपमा पनि बलियो बनाएको भन्दै सीप सिकेर अगाडी बढ्न सबैलाई आग्रह गरिन् ।

यस्तै तौलिहवाकै लक्ष्मी कहारले पनि अहिले गौढी चोकमा विगत २१ वर्षदेखि टेलर संचालन गरेकी छन् । सामान्य परिवारकी लक्ष्मीले एसएलसी पछि २०५४ सालमा सिलाईकटाई सिकिन् र २०५९ सालमा बिबाह गरिन् । लक्ष्मीको बैबाहिक सम्बन्ध भने धेरै टिक्न सकेन र छोरोसंगै एक्लै बस्न थालिन् । एक्लो नारीलाई छोराको लालनपालन गर्न निकै समस्या भएको स्मरण गर्दै लक्ष्मी भन्छिन्, ‘ छोराको लालनपालन गर्न निकै समस्या थियो तर समयमै सिप सिकेको थिए र सहज भयो त्यो समयमा सीप नसिकेको भए छोरालाई पढाउनपनि सक्ने थिएन होला लक्ष्मीले भक्कानीदै भनिन् ।’

अहिले भने लक्ष्मीलाई जिविको चलाउन सजिलो छ उनले अहिले धेरैलाई तालिम पनि दिने गरेकी छन् । ‘जीवन संर्घष रहेछ जस्तो सुकै चुनौती आएपनि बाच्नु पर्ने रहेछ आर्थिक रुपमा अब्बल भएमा धेरै सहज हुने भन्दै सबै दिदिबहिनीहरुलाई सिप सिकेर आत्म निर्भर बन्न आग्रह गर्दछु लक्ष्मीले भनिन् ।’ नारी शिल्पकला केन्द्रले पहिलेदेखिनै विपन्न, द्धन्दपिडित तथा घरेलु हिंशापिडित महिलाहरुलाई सिप सिकाई ब्यवसायिक तथा आत्मनिर्भर बनाउने काम गरेको उनको भनाई छ ।
राधिका, गोमा र लक्ष्मी त प्रतिनिधी पात्र मात्र हुन उनिहरु जस्ता धेरैजनालाई नारी शिल्पकला केन्द्र कपिलवस्तुले विभिन्न तालिम दिँदै ब्यवसायीक तथा आत्मनिर्भर बनाउने काम गरेको कला केन्द्रकी अध्यक्ष मिथुला उपाध्यय बताउछिन् । उपाध्याय भन्छिन्, ‘विभिन्न संस्थाका आआफ्नै उदेश्य हुन्छन् हाम्रो उद्देश्य भनेको नितान्त महिलाहरुलाई सीपयुक्त बनाउने र स्वालम्बी बनाउनु हो ताकि उनिहरुले भविष्यमा आर्थिक कारण कुनै प्रकारको हिंशा सहन नपरोस ।’
कपिलवस्तुका महिलाहरुमा हिजोको दिनमा बाहिर निस्किएर केहि गरौ भन्ने भावना थिएन्, महिलाहरु विभिन्न कुराबाट बन्चित थिए त्यतिबेला नै एउटा महान तथा पवित्र लक्ष्य राखेर यस कला केन्द्रका स्थापना भएको थियो ।

जीवनमा उद्देश्य पूर्ण कहिने नहुने भएपनि महिलालाई सीप सिकाउँदै शसक्त बनाउने काम नारी शिल्प कला केन्द्रले गरेको उपाध्यायले बताईन् ।
शिल्पकला केन्द्रले गरेका क्रियाकलापमा महिलाको सहभागिता सक्रिय छ, ‘पहिले सीप सिक्नु पर्यो भनेर घरमै जान्थ्यौ आज आफै आएर सीप सिक्नुहुन्छ अभिभावकले पनि हामीलाई धरै विश्वास गर्नुहुन्छ उपाध्यक्ष जुनु शाही श्रेष्ठ ले भनिन् ।
केन्द्रले द्धन्द्ध पिडित महिलालाई सिप सिकाएर मेसिन समेत उपलब्ध गराएको भन्दै ६ जनाले निःशुल्क टेलर तथा पार्लर संचालन गरेर आयआर्जन गरेको उनले बताइन् ।
आगामी दिनमा यस कला केन्द्रलाई थप ब्यवस्थीत गराउदै जाने भन्दै अहिले नेतृत्व विकास संगै अतिरिक्त क्रियाकलाव, आत्मरक्षा र जनचेतना मुलक कार्यक्रम संचालन गरेको बताइन् ।
कला केन्द्रमा अहिले सिटिईभिटिबाट सम्बन्धन प्राप्त पार्लर कटिङ तथा मन्टेश्वरीका कक्षा समेत संचालन भएका छन् ।
राजकुमारी ऐश्वर्याबाट भएको थियो उद्घाटन्
२०३७ सालमा राजकुमारी ऐश्वर्य राज्य लक्ष्मीबाट उद्घाटन भएको यस शिल्प कला केन्द्र स्थापनाको ४५ वर्ष पुगेको छ ।

शिल्पकलालाई यँहासम्म ल्याउनका लागि धेरैजनाको मेहेनत, त्याग र सर्मपण रहेको वर्तमान अध्यक्ष उपाध्यक्ष जुनु शाही श्रेष्ठ बताउछिन् । शिल्पकला केन्द्रका संस्थापक अध्यक्ष केपी ज्ञवालीले २०३७ देखि २०४१ सम्म नेतृत्व गरेका थिए त्यस पछि क्रमसः इन्दु शर्मा, अम्बिका हमाल, अधिवक्ता राजेन्द्र पाण्डे, दुधानाथ उपाध्याय, माधुरी श्रेष्ठ, बसन्ता कुमारीशिल हुँदै अहिले २०८१ सालबाट मिथिला उपाध्यायले नेतृत्व गरेकी छन् ।
स्थापनाको ४५ वर्ष सम्म आईपुग्दा अहिले नारी शिल्पकला केन्द्र आफ्नै भवनमा ब्यवस्थीत रुपमा संचालनमा छन् । करिव ७० लाखको लागतमा बनेको यस भवनमा अहिले सिटिईभिटिबाट मान्यता प्राप्त ब्यूटी पार्लर सम्बन्धी तालिम, सिलाई कटाईको तालिम संचालनमा छन् यसका साथै नजिकै अर्को भवन भाडामा लिएर मन्टेश्वरी तालिमका कक्षाहरु संचालनमा रहेको उपाध्यक्ष श्रेष्ठ बताउछिन् । यो भवनको एउटा सटर खाली भएकाले किरना पसल संचालनका लागि भाडामा दिइएको छ ।
९ सदस्यीय कार्यसमिती रहेको यस समितीमा सबै महिलाहरु छन् । समितीमा काम गर्दा पदाधीकारी देखी सबै सदस्यबाट साथ तथा सहयोग पाइने गरेको कोषाध्यक्ष बिमला कहार महराले बताइन् ।

कहार भन्छिन्, ‘हाम्रो उदेश्य भनेको विभिन्न कारण समाजमा पछि परेका महिलालाई तालिम दिएर सीपयुक्त बनाउने र जिविकोपार्जनमा टेवा पुर्याउनु हो । कपिलवस्तु विभिन्न कारणले पछि परेको जिल्ला हो यस कला केन्द्रमा घर परिवारबाट हिंशा सहेका, द्धन्द्ध पिडित तथा विपन्न वर्गका महिलाहरु आउनु हुन्छ उहाहरुलाई हामी अवस्था निःशुल्क तालिम दिने गरेका छौ भने अन्यलाई ब्यवस्थापन शुल्क मात्र लिएर तालिम दिने गर्दछौ ।’ अहिले शिल्पकलामा सिटिईबिटिईबाट मान्यता प्राप्तका कक्षाहरु संचालनमा छन् ।

नारी शिल्प क्याफेको प्रारम्भ
विगत ४५ वर्ष देखी महिलाको लागि विभिन्न सीप सिकाउदै उनिहरुलाई जिविकोजार्जनमा जोड्दै आएको नारी शिल्पकला केन्द्रले अहिले भने नारी शिल्प क्याफे संचालनमा ल्याएको छ ।

खाली समयको सदुपयोग गर्दै र सटरपनि खाली भएकाले आफुहरुले क्याफे संचालनमा ल्याएको कोषाध्यक्ष ले बताइन् । उनले भनिन्, ‘खाली समयको सदुपयोग हुनका साथै खाजा आम्दानी पनि हुने भएकाले एक वर्ष अघिबाट क्याफे संचालनमा ल्याएका हौ यहाँ हामीले सेलरोटी, लस्सी, चिया लगाएतका खाजा नास्ता बनाउने गरेका छौ यसले गर्दा हामीलाई अझ बढी ब्यस्त गराउने गरेको छ ।’ आगामी दिनमा यस कला केन्द्रमा थप सिपमुलक कार्यक्रम ल्याउदै धेरै भन्दा धेरै महिलालाई ब्यवसायीक बनाउने कला केन्द्रले जनाएको छ ।
प्रतिक्रिया