२ असार २०८२, सोमबार | Mon Jun 16 2025

शिवराज २ लाई ‘बालमैत्री स्थानीय शासन’ वडा घोषणा गरिँदै



दिपा महत, चन्द्रौटा ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर २ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिने भएको छ । बालमैत्री स्थानीय शासन कार्यबिधि २०७९ अनुसार वडा नम्बर २ ले सम्पूर्ण सुचकहरु पुरा गरेकाले जिल्ला स्तरीय अनुगमन समितीले बिहिबार बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि अनुमति दिएको हो ।

वडाका स्वास्थयचौकी तथा विद्यालयमा गरिएको अनुगमनका क्रममा सबै सुचकहरु पुरा गरेको पाइएकाले वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि अनुमति दिएको अनुगमन समितीका संयोजक बाबुराम आचार्यले बताए । ‘ अनुगमनका क्रममा वडाले बालबालिकाका अधिकार संरक्षण, सहभागिता र शसक्तीकरण क्षेत्रमा उत्तकृष्ट कार्य गर्नुका साथै सुचक बमोजिम केहि आवश्यक निणर्य कागजहरु समेत संलग्न रहेको पायौ संयोजक आचार्यले भने ।’ बालमैत्री स्थानीय शासन वडा घोषणाको अनुमती पाएसंगै वडा नम्बर २ नगरमै पहिलो बालमैत्री स्थानीय शासन वडा घोषित हुने भएको छ ।

सबैको साथ, मेहेनतले गर्दानै वडालाई स्थानीय शासन वडा घोषणा गर्न लागिएको भन्दै वडाअधयक्ष राम बहादुर चौधरीले सबैलाई धन्यवाद ज्ञापन गरे । शिवराज नगरपालिकालाई नै बालमैत्री स्थानीय शासन नगर घोषणा गरिने भन्दै अन्य वडालाई पनि सोही अनुरुप काम गर्न नगरप्रमुख अजय थापाले आग्रह गरे ।


नेपाल सरकारले सबै स्थानीय तहलाई वि.सं. २०८७ सम्ममा बालमैत्री बनाउने लक्ष्य लिएको छ । स्थानीय तहको आवधिक तथा वार्षिक योजनामा बाल अधिकारका सवाललाई प्राथमिकता दिने, समुचित विकासका लागि आवश्यक पर्ने सबै सेवा, सुविधामा हरेक बालबालिकाको पहुँच सुनिश्चित गराउने उद्देश्य बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ को रहेको छ । स्थानीय तहमा बालबालिकासँग सम्बन्धित नीति, योजना र कानुन तर्ज‘मा गर्दा बालबालिकाको सहभागिता गराउने, स्थानीय तहमा निर्माण हुने सबै भौतिक पूर्वाधार बालमैत्री बनाउने तथा बालबालिकाको हितविरुद्ध हुने सबै प्रकारका हिंसाको उन्मूलन गर्ने उद्देश्य निर्देशिकाको छ ।


यस निर्देशिकामा बालमैत्री स्थानीय शासनका लागि तय गरिएका बाल बचाऊका १४ सूचक, बाल संरक्षणका १० सूचक, बाल विकासका छ सूचक र बाल सहभागिताका छ सूचक गरी सेवा प्रवाहसम्बन्धी सूचक ३६ वटा र संस्थागत विकासका १५ सूचक गरी जम्मा ५१ वटा सूचक उल्लेख गरिएको छ ।
बिहिबार भएको अनुगमनमा जिल्ला समन्वय समिती संयोजक, जिल्ला समन्वय अधिकारी, जिल्ला शिक्षा समन्वय समितीका प्रतिनिधी, शिवराज नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, सुरक्षा निकाय, पत्रकार तथा सरोकारवालको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२ बिहिबार ००:००  ३ : ३३ बजे