मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा खोलाको सगरहवा नाकामा नदीजन्य पदार्थ उत्खननलाई तत्काल रोक्न कपिलवस्तु नगरपालिकाले निर्देशन दिएको छ ।
नाकामा नदीजन्य पदार्थको निकासी ठेक्का पाएको श्री समयमाता निर्माण सेवाको नाममा नगरपालिकाले पत्र काट्दै तत्काल काम रोक्न निर्देशन जारी गरेको हो ।

नाकामा नक्कली बील प्रयोग, तोकिएको मापदण्ड बिपरितको उत्खनन लगायतका अबैध गतिविधि प्रति मायादेवीले निरन्तर समाचार प्रकाशन भएको थियो ।
नदीजन्य पदार्थ उत्खनन, बिक्रीवितरण तत्काल रोक्नका लागि जेष्ठ २३ गते ठेकेदारलाई भनिएपनि शनिबारसम्म ठेकेदारले निरन्तर खोला उत्खनन गरिरहेको थियो ।
सिङ्गो नगरको निर्देशन अटेरी गर्दै आएको ठेकेदारलाई कस्तो कारबाही हुने हो हेर्न बाँकी छ ।
प्रतिक्रिया