२२ बैशाख २०८३, मंगलबार | Wed May 6 2026

गर्मीका कारण बाणगंगाका विद्यालय चार दिन बिदा



कपिलवस्तु ।

कपिलबस्तुको बाणगङ्गा, नगरपालिकाले बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्य तथा सिकाइमा नकारात्मक असर पर्न सक्ने देखिएको भन्दै आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै शैक्षिक संस्थाहरूलाई चार दिनका लागि विदा दिने निर्णय गरेको छ।

बाणगङ्गा नगरपालिका शिक्षा समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो। समितिका अनुसार जेठ २७ गतेदेखि ३० गतेसम्म विद्यालय बन्द रहनेछ।

सो अवधिको विदा वर्षे विदाबाट कट्टा गरिने सूचनामा उल्लेख छ।

नगरपालिकाका शाखा अधिकृत खिमबहादुर जिसिले जारी गरेको सूचनामा सबै सम्बन्धित शैक्षिक संस्थाहरूलाई निर्णयको जानकारी गराउँदै गर्मी विदालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२ सोमबार ००:००  ७ : ४५ बजे