१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

अत्याधिक गर्मीका कारण बुद्धभूमिमा ४ दिनका लागि विद्यालय बन्द



दिपा महत, बुद्धभूमि ।

अत्यधिक गर्मीको कारण कपिलवस्तुसहित तराईको जनजीवन प्रभावित भएको छ । गर्मीका कारण कपिलवस्तुका स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन थालेका छन् ।
कपिलवस्तुको बाणगंगा र बुद्धभूमिले ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । बुद्धभूमि नगरपालिकाले एक सुचना जारी गर्दै यहि जेष्ठ २७ देखि ३० गतेसम्म विद्यालय बिदा दिने जनाएको छ ।

उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरू बेहोस हुने तथा लू लाग्ने समस्या आउने भएकाले नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएका हुन् ।

गर्मीका कारण पठन पाठनमा समस्या देखिएकाले तत्कालका लागि बिदा दिइएको बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले बताए । ‘गर्मी तथा लू का कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले विद्यालयमा बिदा दिइएको भन्दै सर्तकता अपनाउन नगरपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद भटराईले आग्रह गरेका छन् ।यसअघि बाणगंगा नगरपालिकाले पनि ४ दिनसम्म गर्मी बिदा दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२ सोमबार ००:००  ९ : १७ बजे