३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

मुस्लिम महिलालाई सेनेटरी प्याड बनाउने तालिम



मायादेवी अनलाइन, तौलिहवा ।

कपिलवस्तु नगरपालिकाका मुस्लिम महिलालाई सेनेटरी प्याड बनाउने तालिम दिएको छ । मुस्लिम समुदायका महिलाहरूलाई स्वस्थ जीवनशैली र सेनेटरी प्याडबाट आत्मनिर्भर बनाउने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजनामा (मंगलबार) आजदेखि ४ दिनसम्म तालिम दिइने कार्यक्रम फोकल पर्सन डिलाराम भुसालले बताए । तालिमबाट महिलाहरूले सेनेटरी प्याड बनाउन सिक्ने अपेक्षा लिइएको छ । तालिमको उद्घाटन प्रशानस प्रमुख गोबिन्द अर्यालले गरेका थिए ।

तालिमको सहजीकरण बसन्ती सिंहले गरेकी छन् । घरेलु सेनेटरी प्याडको प्रयोग गर्दा आर्थिक बचत हुनुका साथै वायु प्रदूषण पनि नहुने सहजकर्ता सिंहले बताइन् । उनका अनुसार एउटा प्याड कम्तीमा ४ महिनासम्म प्रयोग गर्न सकिन्छ । यस अघि मुस्लिम महिलाहरुलाई प्रजनन स्वास्थ्य सम्बन्धी तालिम दिइएको थियो । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजना र मुस्लिम शसक्तीकरण केन्द्रको समन्वयमा सुरु भएको उक्त तालिममा ३० मुस्लिम महिलाको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२ मंगलबार ००:००  ८ : २० बजे