मायादेवी अनलाइन, जितपुर ।
युनाइटेड मिसन टु नेपाल र दलित सामाजिक विकास केन्द्र (डिएसडिसी) द्धारा संचालित परियोजनाको संयुक्त अनुगमन गरिएको छ । युएमएको आर्थिक सहयोग र डिएसडिसीको आयोजनामा कपिलवस्तुको मायादेवी र यशोधरा गाँउपालिकामा जिविकोपार्जन तथा वातावरण सुधारद्धारा समुदायको उत्थानशीलता सवलीकरण, जीवन सुधार, मानसिक स्वास्थ्य, परिवर्तनका लागि बालबालिका, युवा र समुदाय परियोजनाको संयुक्त अनुगमन गरिएको हो ।
अनुगमनकाक्रममा संचालित परियोजनाबाट अपेक्षित वर्ग लाभान्वित भएका छन् । मानसिक स्वास्थ्य कार्यक्रमबाट समाजमा रहेका मानसिक स्वास्थ्य कमजोर भएकाहरुको परिचान र उपचारमा सहजता भएको पाइएको छ ।

मायादेवी गाउँपालिका वडा नम्वार एक मा रहेको शान्ति मनोसमाजिक समुह र श्री मुनेश्वर माध्यमिक विद्यालयमा जिल्ला समान्वय समिति अधिकारी जनार्दन अधिकारी, मायादेवी गाँउपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण तेली लगाएतको टोली सहभागि थियो ।

२१ सदस्यीय शान्ति मनोसमाजिक समुहमामा अहिले मानसिक समस्या भएका ब्यक्तीको पहिचानसंगै धेरै जनाको उपचार पनि भैरहेको जिसस अधिकारी जर्नादन अधिकारीले बताए । आर्थिक अवस्था कमजोर भएका त्यस्ता परिवारलाई यो परियोजना वर्दान साबित भएको स्थानियले बताएका छन् । यशोधरा गाँउपालिकाकी ३० वर्षिय शान्ती नाँउलाई साइकोसिस समस्या भएको र सोही परियोजना अन्तरगत नै घरमानै डाक्टर लगेर निःशुल्क उपचार गरेपछि उनको अवस्था सुधारोन्मुख छ ।

परियोजनाले मानसिक समस्या जस्तै अनिन्द्रा, बढी तनाव हुने, केही काम गर्न मन नलाग्ने, जस्ता समस्या भएका विरामीलाई काउन्सेलिङ र उपचार गर्दै आएको मायादेवी गाउँपालिका वडा नम्वार एक शान्ति मनोसमाजिक समुहका दिलिप कुमार कोहार बताए ।

यस्तै यशोधरा गाँउपालिकाको कृषि उपज संकलन केन्द्र र कृषक र्फमको अनुगमन गरिएको छ सोक्रममा कृषि उपज केन्द्रको स्थापना संगै कृषकलाई तरकारीको विक्रि वितरण तथा बजारी करणमा सहज भएको छ । बेल्चापुरमा भने १६ वटा भैसी पालेर जिविको पार्जन गरिरहेका यादव भैसी फर्मका किसान प्रेम नारायण अहिरले पालिकाले कुनै प्रकारको सहयोग नगरेको गुनासो गरेका छन् ।
शिक्षा, बातावरण, बालबालिकाको क्षेत्रमा गरिएको अनुगमनमा अवस्था सुधार हुदै गएको र आवश्यक सुझाव प्रदान गरिएको जिल्ला समन्वय समितीका संयोजक बाबुराम आचार्यले बताए । यस्ता परियोजनाले ब्यक्ती लाई लाभ मिल्ने हुदाँ संघसंस्था संगै स्थानीय तहले पनि सहकार्य गर्नुपर्ने बताए ।
यस्तै स्वास्थय कार्यालयका प्रमुख गौरब ढकालले अनुगमनलाई निरन्तरता दिौ कार्यक्रम संचालन गर्न आग्रह गरे । केहि सुधार गर्नुपर्ने अवस्था रहेपनि समग्रमा परियोजनाले गरेको काम स्रहानिय रहेको बताए ।
सरोकारवालासंगै संयुक्त अनुगमन गरी कार्यक्रमको प्रभावकारीता र सुझाव संकलनका लागि पनि यसरी संयुक्त अनुगमन गरिएको भन्दै प्राप्त सुझाव संकलनलाई आत्मसाथ गर्दै कार्यक्रम गरिने डिएसडिसीका कार्यकारी निर्देशन राम शरण रैदासले बताएका छन् ।
अनुगमनमा युएम एस, डिएसडिसी, जिसस, स्वास्थ्य कार्यालय, गैसस, शिक्षा अधिकारी, पालिकाका प्रतिनिधी संगै पत्रकारको सरभागिता रहेको थियो ।
प्रतिक्रिया