१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

भूमिहीन र अव्यवस्थित बसोबासीहरुलाई ३५ दिनभित्र निवेदन दिन आयोगको आह्वान



काठमाण्डौ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका लागि ३५ दिनभित्र निवेदन दिन भूमि समस्या समाधान आयोगले आह्वान गरेको छ ।

जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने भन्दै आयोगले निवेदनको लागि पुनः आह्वान गरेको हो ।

आयोगले तोकिएको ढाँचामा फाराम भरी ३५ दिनभित्र वडामा खटिएका लगत सङ्कलकमार्फत निवेदन पेश गर्न भनेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२ बिहिबार ००:००  ९ : ५५ बजे