१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कोरोना संक्रमितको संख्या ५८४ पुग्यो, थपिए फेरि ६८ संक्रमित



काठमाडौं ।
शनिबार थप ६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ ।

शनिबार अपरान्हको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३६ जना कोरोना संक्रमित थपिएको बताए ।

यस्तै पत्रकार सम्मेलनअघि बिहान मन्त्रालयले विज्ञप्तिमार्फत ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७७ शनिबार ००:००  ४ : ३६ बजे