मायादेवी अनलाइन, तौलिहवा ।
जिल्ला विपद ब्यवस्थापन समिती कपिलवस्तुको बैठकले विभिन्न महत्वपूर्ण निर्णय रहेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङको अध्यक्षतामा तौलिहवामा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । बैठकले जिल्लामा सम्भावित विपद्को प्रतिकार्यका लागि प्रतिकार्य योजना, २०८१ को प्रस्तावित कार्यक्रमलाई स्वीकृति दिएको छ । यसैगरी जिल्ला आपतकालीन कार्य योजनासँग राहत सशक्तिकरण एकल प्रणालीको नीति अनुरुप जिल्लामा विपद् व्यवस्थापन समितिको समन्वयमा सम्पूर्ण विपद् सम्बन्धी कार्यहरु गरिने जनाइएको छ । बैठकले बाढीरपहिरो हटाउने डोजर, एक्साभेटर, टिपर लगायतका साधनको सहज पहुँचका लागि नेपाल सरकारका विभिन्न निकायहरूसँग समन्वय गर्ने, विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, २०८१ अनुसार जिल्लामा विपद् व्यवस्थापन अनुगमन तथा अन्य सरोकारवाला संस्थाहरूसँग विभिन्न विषयहरूमा छलफल गर्नु साथै आवश्यक्तानुसार प्रतिकार्य पूर्वसञ्चालन तथा पुनःस्थापना क्रियाकलापहरू सञ्चालन गरिने र सो सम्बन्धमा काम गर्ने सेवालाई आवश्यक समन्वय गर्न अनुरोध गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताए ।
यसैगरी बाणगंगा नगरपालिका वडानं ८ र ९ मा खोलाको बहावलाई पुलमा पुग्न नदिने, कटानको समस्याका कारण उच्च जोखिममा रहेकोले जिल्लाको तर्फबाट जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाल रेडक्रस तथा अन्य समितिबाट पूर्व स्थलगत निरीक्षण गरिने भएको छ ।
सम्भावित समयमा बाणगंगा नहरमा आउने बाढीको कारण भएको क्षति न्यूनिकरण गर्न प्रतिकार्य अभ्यासका तर्फ उक्त स्थानलाई तत्कालीन अनुगमन गरी सरोकारवाला तर्फ बुद्दभुमि, महाराजगञ्ज, शुद्धोधन लगायतका पालिकाहरूसँग समन्वय गरिने र आवश्यक प्रतिकार्यको पहल गरिने लगाएतका महत्वपूर्ण निणर्य भएको जनाईएको छ ।
बैठकमा सांसद, नगरप्रमुख, जनप्रतिनिधी, सरोकोरवाला निकाय लगाएको उपस्तिी रहेको थियो उनिहरुले अब वर्खामा जिल्लामा हुन सक्ने सम्भावित जोखिमको पहिचान गरेर न्यूनिकरण गर्न लाग्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया