२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना



काठमाण्डौ ।
गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको छ । दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशसहित पहाडी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुन कोशीको सबै भू–भागमा विस्तार हुँदै मधेस र बागमती प्रदेश हुँदै हिजो गण्डकी प्रदेशको केही र लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म पुगेको छ । मनसुन सक्रिय भएर अघि बढिरहेकोले केही दिनमै देशभर फैलने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२ शुक्रबार ००:००  ७ : २३ बजे