दिपा महत, तौलिहवा ।
मुस्लिम समुदायका महिलाहरुका लागि संचालित ४ दिने सेनेटरी प्याड बनाउने तालिम सकिएको छ ।
लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठको संयोजनमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग, स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजनामा भएको उक्त तालिममा ३० जना मुस्लिम महिलाहरु सहभागी थिए ।

समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद मिना श्रेष्ठले मुस्लिम समुदायका महिलाहरूलाई आत्मनिर्भर बनाउन सेनेटरी प्याड बनाउने मात्र नभएर अन्य विषयमा पनि जानकार बनाउन आवश्यक रहेको बताइन् । उनले तालिम सञ्चालन गर्नु अगाडि मुस्लिम समुदायका महिलाहरूको अपेक्षाबारे अध्ययन गरिएको बताइन् । जनताहरुको करबाट उठेको पैसालाई आफुले जनताको कामका लागि खर्चियएको बताइन् ।सांसद श्रेष्ठले सिकेको सिपलाई सदुपयोग गर्दै निकट भविष्यमा आत्म निर्भर बन्न आग्रह गरिन् । अहिलेको तालिम प्रभावकारी भएमा आगामी दिनमा पनि यस्ता कार्यक्रम ल्याउने उनको भनाई छ ।विभिन्न चुनौतीका बावजुत तालिममा सक्रिय रुपमा सहभागि भएकोमा सबैलाई धन्यवाद ज्ञापन गरिन् ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरब ढकालले महिलाहरु आफ्नो स्वास्थ्यमा सचेत बन्नुपर्ने बताए । कपिलवस्तुमा महिला स्वास्थ्यको दृष्टीकोणले पछि रहेको भन्दै समुदायमा संचालन गरिने यस्ता तालिमबाट लाभ लिन आग्रह गरे ।

कार्यक्रममा राप्रपा कपिलवस्तुका अध्यक्ष नारायण बहादुर सिंह, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, मुस्लिम शसक्तीकरण केन्द्रका अध्यक्ष मोहम्मद इब्रिस मुसल्वानले बोल्दै जिल्लाका मुस्लिम महिलाको स्वास्थ्य सुधारमा यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने भन्दै सांसद श्रेष्ठलाई धन्यवाद ज्ञापन गरे । साथै तालिममा सिकेका कुरा ब्यवहारमा उतार्न पनि आग्रह गरेका छन् । कार्यक्रममा मुस्लिम अगुवा कनिस फातिमा तथा प्रशिक्षक बसन्ती सेनलाई सम्मान गरिएको थियो । तालिममा आफुहरुलाई ब्यवहारिक ज्ञानसंगै प्रजनन् स्वास्थ्य बारे जानकारी गराइएको सहभागिले बताएका छन् । स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालको अध्यक्षता रहेको कार्यक्रमको संचालन कार्यक्रमका फोकल पर्सन डिलाराम भुसालले गरेका थिए । उनले प्रजनन स्वास्थ्यसंगै सेनेटरी प्याड बनाउने कार्यक्रमले सकरात्मक परिवर्तन ल्याउने बताएका छन् ।
प्रतिक्रिया