मायादेवी अनलाइन, राजपुर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–५ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ । वडा नम्बर ५ को सि ब्लक अन्तरगत सुकुम्बासीलाई लालपुर्जा वितरणको लागि सोमबारबाट राजपुरमा नापजाँचको काम सुरु भएको हो । कार्यक्रममा बोल्दै भूमि आयोग कपिलवस्तुका अधयक्ष झविलाल पोख्रेलले नापजाँचको कामसंगै अब वास्तबीक सुकुम्बासीले लालपुर्जा प्राप्त गर्ने बताए ।
नापजाँजका क्रममा कुनै विवाद आएमा त्यस्ता स्थामा नापजाँचको काम नहुने भन्दै विवाद नगर्न आग्रह गरे । पोख्रेलले भने, ‘जो वास्तबिक सुकुम्बासी हो उसले ५ कट्ठा १८ धुर जग्गा प्राप्त गर्ने सरकारको प्रावधान छ यदि त्यो भन्दा बढि जग्गाको हकमा सम्बन्धीत ब्यक्ती अब्यवस्थीत बसोबासको प्रकृयामा गएमा लालपुर्जा प्राप्त गर्दछ र उसले राजस्व तिर्नुपर्ने हुन्छ उनले भने ।’
यस्तै बुद्धभूमि नगरपालिकाका प्रमुख केश कुमार श्रेष्ठले बुद्धभूमिले विगतका वर्षमा जग्गाको लगत संकलन गरेको भन्दै आजबाट नापजाँचको काम औपचारिक रुपमा सुरु भएको बताए ।
स्थानीले भरेको फारमकै आधारमा नक्सा प्राप्त हुने भन्दै सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने प्रतिवद्धता व्यक्त गरे । आफुहरुले समान रुपमा काम गरेको भन्दै विवादरहित रुपमा कार्यसम्पन्न गर्नुपर्ने बताए । भुमी आयोगले गर्ने सबै काममा आवश्यक पर्ने सहयोग र सहकार्यका लागि नगरपालिका तयार रहेको बताउँदै सबै राजनीतिक दल, जनप्रतिनिधिहरू, कर्मचारी र स्थानीय नागरिक सबैले भूमि समस्या समाधान गर्नका लागि भूमिका खेल्न आग्रह गरेका छन् ।
यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष रोम थापाले लामो संर्घषपछि वडा नम्बर ५ मा प्रकृयागत रुपमा पहिलो चरणको काम सुरु भएको भन्दै वडाका नागरिकमा कुनै प्रकारको भेदभाव नगरेको बताए । कार्यक्रममा जनप्रतिनिधी, कार्यपालिका सदस्य, राजनैतिक दलका प्रतिनिधी लगाएतको सहभागिता रहेको थियो ।



प्रतिक्रिया