६ असार २०८३, शनिबार | Sat Jun 20 2026

वडा अध्यक्ष सापकोटा  सम्मानित



कपिलवस्तु ।
शिवराज नगरपालिकाको १७ औं नगर सभाबाट उत्कृष्ट कार्य सम्पादन गरेका वडा अध्यक्ष टेकलाल सापकोटालाई सम्मान गरिएको छ। नगरपालिकाले विभिन्न वडामा विकास निर्माण, सेवा प्रवाह र जनउत्तरदायी कामकाजमा योगदान पुर्‍याएको भन्दै शिवराज ३ वडा अध्यक्ष सापकोटालाई सम्मानपत्र सहित सम्मान गरेको हो। नगर सभामा प्रमुख प्रसासकिय अधिकृत बाबुराम पौडेल सहित कर्मचारी , शिक्षकलाई सम्मानित गरिएको थियो ।

नगर प्रमुख अजय थापाले नगर सभाको विशेष सत्रमा सम्मानित वडा अध्यक्षहरुलाई आगामी दिनमा समेत सक्रिय भएर वडाको समग्र विकासमा थप भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो।

सम्मानित वडा अध्यक्षहरुले आफूहरुले पाएको सम्मानले अझ जिम्मेवारी बढेको बताउँदै आगामी दिनमा नगरवासीको हितका लागि थप क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

प्रकाशित मिति : १० असार २०८२ मंगलबार ००:००  ७ : ३३ बजे