२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

बढ्दैछ बाणगंगामा शिक्षाको गुणस्तर, एसईईमा चार जीपिए ल्याउने १६ जना



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले शिक्षाको गुणस्तरमा आमुल परिवर्तन गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सार्वजनिक भएको परीक्षाफलले यसको पुष्टि गरेको हो ।

एसईईको नतीजामा बाणगंगा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट चार जीपिए ल्याउने विद्यार्थी १६ जना छन् ।

जसमा जनता माध्यमिक विद्यालय पिपरामा मात्र चार जिपीए ल्याउने विद्यार्थी ९ जना रहेको बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले जानकारी दिए ।

हरेक बर्षको एसईईको परीक्षामा उत्कृष्ट नतीजा निकाल्दै आएको जनता माविले यो बर्ष पनि चमत्कार गरेको हो ।

यस्तै संस्थागत तर्फ ज्ञानपुञ्ज बोर्डिङ स्कूल राजपुरबाट चार जनाले चार जीपिए ल्याएका छन् । जुन संस्थागत तर्फ जिल्लामै सबैभन्दा राम्रो नतीजा हो ।

यस्तै बाणगंगा मावि लौगाईबाट तीन जनाले चार जीपिए ल्याएका छन् ।

बाणगंगाका ३३ विद्यालयबाट एसईई परीषा दिने विद्यार्थी १७ सय ५३ जना रहेका थिए ।

जनता मावि पिपराबाट मात्र २ सय ४५ जना विद्यार्थी परीक्षामा सम्मिलित भएका थिए । जसमा शत प्रतिशत उत्र्रिण भएका छन् ।

बाणगंगा नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि बर्षेनी विद्यालयहरुमा लगानी बढाउँदै आएको नगर प्रमुख अर्याल बताउँछन् ।

विद्यालयका भौतिक संरचनादेखि शिक्षक दरबन्दी मिलान, बेला बेला अनुगमन, शिक्षक तालिम लगायतका काम गर्दै शिक्षामा लगानी बढाइहेको उनले जनाए ।

‘शिक्षा नै विकासको मूल प्रवाह हो । शिक्षामा गरेको लगानी तत्काल नदेखिन सक्छ, नगर प्रमुख अर्यालले भने’, ‘हामीले शिक्षामा गरेको लगानी विस्तारै देखिदैछ ।’

प्रकाशित मिति : १५ असार २०८२ आइतबार ००:००  ९ : ३९ बजे