बाबुराम रायमाझी, जितपुर ।
कपिलवस्तु जग्गा तथा आवास विकास संघले आफ्नो स्थापना दिवसको अवसरमा एक सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत वाणगंगा नगरपालिका–९ स्थित वैदिक संस्कृत विद्या पीठ गुरुकुलमा अध्ययनरत बटुक विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। साथै, सहभागी बटुकहरूलार्इ विशेष भोजन सेवा पनि प्रदान गरिएको थियो।
कार्यक्रमको व्यवस्थापन संघका अध्यक्ष विश्वराज पौडेल, उहाँकी धर्मपत्नी कमला पौडेल, तथा छोरा चन्द्र पौडेल जो हाल क्यानाडामा बसोबास गर्नुहुन्छ उहाको सक्रिय पहलमा सम्पन्न भएको संघका अध्यक्ष पौडेलले जानकारी गराएका छन्।
उक्त अवसरमा बोल्दै गुरुकुलका सल्लाहकार भीमप्रसाद सापकोटा र धामका अध्यक्ष शंकरप्रसाद आचार्यले कपिलधाम जस्तो पवित्र भूमिमा बटुक विद्यार्थीप्रति सहयोग र सद्भाव देखाएकोमा आयोजक संघ र पौडेल परिवारलाई हार्दिक धन्यवाद व्यक्त गरे। उनीहरूले गुरुकुल शिक्षाको संरक्षण तथा प्रवर्द्धनमा यस्तो प्रकारका कार्यक्रमहरूले सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा संघका सदस्यहरू रामप्रसाद भुसाल, सिद्धप्रसाद अधिकारी, प्रदीप बेल्बासे लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण संघका सचिव शालिकराम आचार्यले गर्नुभएको थियो।संघका अध्यक्ष पौडेलले भविष्यमा पनि यस्ता सामाजिक तथा शैक्षिक सहयोग कार्यक्रमहरू निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका छन्। यस किसिमका कार्यहरूले समाजमा सकारात्मक सन्देश फैलाउने र धर्म, शिक्षा तथा संस्कृतिको संरक्षणमा टेवा पुर्याउने विश्वास लिइएको छ।







प्रतिक्रिया