१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

रवि लामिछानेको पक्षमा २७ लाख ५० हजारभन्दा बढी हस्ताक्षर सङ्कलन



काठमाडौँ ।

पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेको पक्षमा २७ लाख ५० हजारभन्दा बढी हस्ताक्षर सङ्कलन भएको छ।

लामिछानेका सहयोगी प्रमोद न्यौपानेका अनुसार हस्ताक्षर अभियान सङ्कलनको एक महिनामा २७ लाख ५० हजार ६७७ हस्ताक्षर सङ्कलन भएको हो।

यसमध्ये कोशीमा २ लाख १३ हजार १०६, मधेसमा १ लाख ४ हजार ३६०, बागमतीमा ७ लाख १३ हजार ३३१, गण्डकीमा ५ लाख १२ हजार १९४, लुम्बिनीमा २ लाख ५२ हजार ४३१, कर्णालीमा ७२ हजार १४२ र सुदूरपश्चिममा १ लाख १० हजार ५१२ हस्ताक्षर सङ्कलन भएका छन्,ु न्यौपानेले भने।

उनका अनुसार पार्टी मुख्यालय वनस्थलीमा उपस्थित भएर हस्ताक्षर गर्नेहरूको सङ्ख्या ३६ हजार ५१० छ। यस्तै पार्टीको र्‍याटले काठमाडौंका विभिन्न स्थानमा राखेका बुथहरूबाट ७४ हजार ११३ हस्ताक्षर सङ्कलन भएका छन्। ह्वाट्स्एपमा ७ लाख ५५२ र इमेलमार्फत ८३ हजार ५६६ मत प्राप्त भएका छन्, न्यौपानेले भनेका छन्। उनका अनुसार सङ्कलित केही विवरणहरू अद्यावधिक गर्न बाँकी छन्।

रास्वपाले पार्टी सभापति लामिछाने थुनामा पुग्नुलाई राज्यले उनका विरुद्धमा प्रतिशोध साँधेकोु रूपमा अर्थ्याएका छन्। त्यसैका विरुद्धमा हस्ताक्षर सङ्कलन अभियान चलाइएको रास्वपाले दोहोर्‍याउँदै आएको छ। पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा लामिछानेले गत असार ७ गते हस्ताक्षर सङ्कलनको घोषणा गरेका थिए। त्यसअनुरूप रास्वपाले हस्ताक्षर सङ्कलन अभियान जारी राखेको हो।

प्रकाशित मिति : १० श्रावण २०८२ शनिबार ००:००  ७ : १९ बजे