१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

मनकामना सामुदायिक वनमा वृक्षारोपण अभियान शुरू



नन्दनगर ।

कपिलवस्तुकाे बाणगंगा नगरपालिका अवस्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहले आजदेखि वृक्षारोपण कार्यक्रम शुभारम्भ गरेकाे छ । अभियान अन्तर्गत विभिन्न प्रजातिका झण्डै १६ हजार बिरुवाहरू रोप्ने लक्ष्य राखिएको छ। वाणगंगा २ मा रहेकाे मनकामना सामुदायिक वन उपभोक्ता समुहको ब्लक नं २ अन्तर्गत घाडगद्धि देखि पश्चिम तर्फको खालि बुट्यान क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम अन्तरगत टिक, अर्जुन, मलेसियन साल / चिउरी लगाएतका विभिन्न जातका विरुवाहरु लगाउने काम भईरहेको समुहका उपाध्यक्ष पुस्कर घिमिरेले मायादेवी अनलाइनलाइ जानकारी दिनुभयाे ।

कार्यक्रमको उद्घाटन सबडिभिजन वन कार्यालय पिपराका प्रमुख वरिष्ठ वन अधिकृत मोहन मिश्र, वडा नम्बर २ का वडाध्यक्ष एवं नगर प्रवक्ता विस्णु प्रसाद पाैडेल, वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष लक्ष्मी बहादुर खत्री, वडा सदस्यहरू, सामुदायिक वनका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा गरिएको हो।

सुरुवातमा स्थानीय क्षेत्रभित्रको  भूभागमा बिरुवाहरू रोपिएको र आगामी दिनहरूमा सामुदायिक वनको अन्य क्षेत्रहरूमा पनि वृक्षारोपण कार्य विस्तार गर्दै लैजाने योजना रहेको सामुदायिक वन अध्यक्ष मुक्तबहादुर कार्कीले जानकारी दिनुभयो।

सामुदायिक वन संरक्षण र वातावरण सन्तुलन कायम राख्न वृक्षारोपणजस्ता अभियान अत्यन्त महत्वपूर्ण हुने भन्दै सहभागीहरूले अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। वृक्षारोपण अभियानले बन क्षेत्रमा हरियाली विस्तार तथा जैविक विविधता संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८२ बुधबार ००:००  १२ : ५८ बजे