१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

बाणगंगामा मधुमेह र उच्च रक्तचापका बिरामी बढ्दै



सरिता थारु, कपिलवस्तु ।

जंग फुड (पत्रु खाना) नियन्त्रणका लागि सबैभन्दा पहिला भान्सा सुधार गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । पछिल्लो समय नसर्ने रोग वृद्धि हुनुमा प्रमुख कारणनै जंक फुड रहेको भन्दै सबैभन्दा पहिला भान्सा नै सुधार गर्नुपर्नेमा जोड दिएका हुन् । बाणगंगा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा संचालन भएको पत्रु खाना नियन्त्रणका लागि विद्यालय व्यवस्थापन समिति र सरोकारवालाहरूका लागि अभिमुखीकरण कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।
सामुदायिक टेलिभिजन बुद्ध आवाजको सभाहलमा सम्पन्न भएको कार्यक्रममा प्रशिक्षण दिदै स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले पत्रु खानाले क्यान्सर, मृगौला मुटु रोग मधुमेह जस्ता नसर्ने रोग वृद्धि हुदै गएको तथ्यांक प्रस्तुत गर्नुभएको थियो ।

उहाले अहिले बाणगंगालाई पोषणयुक्त नगरपालिका घोषणा गर्ने गरी कार्य गरिरहेको बताउदै नगर भित्र रहेका सम्पुर्ण निजी तथा सामुदायिक विद्यालय एवं क्याम्पस पत्रु खाना निषेध गर्ने अभियान अन्तरगत पहिलो चरणमा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको जानकारी दिनुभयो ।

साथै उहाले विद्यालय देखि १०० मिटर क्षेत्र भित्र मादक पदार्थ जङ्कफुड लगायतका पत्रु खानाहरू बिक्री वितरणमा निषेध गर्ने अभियानमा लागेको बताउनुभयो । यसको अनुगमनका लागि नगर उपप्रमुखको संयोजकत्वमा अनुगमन समिती समेत गठन गरिएको जानकारी दिनुभयो ।

यसैगरि नगरभित्र अझै ५१ प्रतिशत किशोरिहरु रक्तअल्पताबाट ग्रसित रहेको कारणले पनि विद्यालयलाई पत्रुखाना निषेधित घोषणा गर्नुपर्ने बताउनु भयो । नगरभित्रका विद्यालयमा आइरन चक्कि खुवाउने अभियान संचालन गरे पनि किशोरिहरुले बढी मात्रामा पत्रु खाना खाएकाले रक्तअल्पताको चपेटामा परेको बताउनु भयो ।

कार्यक्रममा जि होराईजन इंग्लिस बोर्डिङ स्कुलका विद्यालय व्यवस्थापन समिती अध्यक्ष कुल बहादुर सोमैले विद्यार्थीहरुलाई पत्रु खानाको हानिका विषयमा विद्यालयहरुले पनि कार्यक्रमको आयोजना गरि जानकारी गराउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा शिक्षकहरुले विद्यालयमा पत्रुखाना निषेध गर्ने प्रतिबद्धता जनाउदै यसको नियन्त्रण घरमा अभिभावकहरुले पनि गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रम गजेहडा स्वास्थ्य चौकी प्रमुख द्रोण बेल्बासेको संचालनमा सम्पन्न भएको कार्यक्रममा श्री सिद्र्धाथ आधारभुत विद्यालय गजेहडा, बालज्योति इंग्लिस बोडिंग स्कुल, जि होराईजन बोर्डिंग स्कुलका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा पदाधिकारी सदस्य, शिक्षक विद्याथी, स्वास्थ्यकर्मी, संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो । यो अभियान ३५ दिन सम्म संचालन हुने छ भने नगरभित्रका निजी तथा सामुदायिक सम्पुर्ण विद्यालयको विद्यालय व्यवस्थापन समिती, शिक्षक, अभिभावक, विद्यार्थीहरुमा सचेतना अभिबृद्धि कार्यक्रम संचालन गरिने छ ।
बाणगंगा नगरपालिकामा ३० वर्षदेखि ६० वर्ष उमेर समूहमा नमुना परिक्षण गर्दा मधुमेह र उच्च रक्तचापको नया विरामी करिब १२ प्रतिशत फेला परेका छन् । आर्थिक बर्ष २०८०-०८१मा मधुमेहको ३ हजार ३ सय ६० जनामा नमुना परिक्षण गर्दा ३ सय ६५ जनामा अर्थात १० दशमल ८६ प्रतिशममा मधुमेहको समस्या देखा परेको छ । यस्तै उच्च रक्तचापको ३ हजार ६ सय ५१ ज्नामा नमुना परक्षण गर्दा ४ सय ४५ जनामा अर्थात १२ दशमलव १८ प्रतिशममा उच्च रक्तचापको समस्या देखा परेको छ ।
यसैगरि बाणगंगा नगरपालिकामा नसर्ने रोग क्यान्सर, डाईलोसिस र मुटुरोगका विरामी पनि बढ्दै गएका छन् । बाणगंगा नगरपालिकाले संकलन गरेको पछिल्लो ५ बर्षको तथ्यांक अनुसार यी रोगको उपचार सुविधा लिनका लागि सिफारिस गर्न आउनेको संख्या बढ्दै गाएको हो ।
आर्थिक बर्ष २०८१।८२ मा क्यान्सर रोगका विरामी १ सय ६३ जनाले सिफारिस लिएका छन् भने डाईलोसिस गराउने २४ जना र मुटुरोग सम्बन्धी ३६ जनाले सिफरिस लिएका छन् । जबकी आर्थिक बर्ष २०७७-७८ मा क्यान्सर रोगका २९ जनाले उपचार सेवाका लागि सिफारिस लिएका छन् । यो तथ्यांक क्रमश बढ्दै आर्थिक बर्ष २०७८-७९मा १०३ जना, आर्थिक बर्ष २०७९-०८०मा यो संख्या बढेर १ सय १९ पुग्यो भने आर्थिक बर्ष २०८०-०८१ म १ सय ५१ पुगेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२ मंगलबार ००:००  १० : ३४ बजे