मायादेवी अनलाइन, बाणगंगा ।
राष्ट्रिय परिक्षा बोर्डले हिजो (सोमबार) मात्रै सार्वजनिक गरेको कक्षा १२ को नतिजामा जिल्ला प्रथम भएको हेमराज माविले दाबी गरेको छ । विद्यालयका प्रधानध्यापक विकास श्रेष्ठका अनुसार सामुदायिक विद्यालयमा ३.८५ जिपीए प्राप्त गर्दै हेमराज मावि जिल्ला प्रथम भएको दाबी गर्नुभयो । बाणगंगा नगरपालिका ११ मा अवस्थित हेमराज माविकी छात्रा पुनम चौधरीले ३.८५ जिपिए र अर्जुन लम्सालले ३.८२ जिपिए ल्याएका छन् ।
यसैगरी सोही विद्यालयका ५६.२५ प्रतिशत विद्याथी उत्तिर्ण भएका छन् । ६४ जना विद्यार्थी परिक्षामा सम्मीलित भएकोमा ३६ जना उत्तिर्ण भएको विद्यालयले जनाएको छ । प्रधानध्यापक श्रेष्ठका अनुसार २ जनाले ए प्लस ल्याएका छन् भने ४ जनाले ए, ७ जनाले बी प्लस, १६ जनाले बी र ७ जनाले सि प्लसगरी ३६ जना उत्तिर्ण भएका हुन् ।







प्रतिक्रिया