१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

बुद्धभूमि नगरपालिकाको वार्षिक समिक्षा



मायादेवी अनलाइन,बुद्धभुमि।

कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। बुधबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न गरेका विकास निर्माणका काम तथा सेवा प्रवाह बारे जानकारी गराएको हो । कार्यक्रमको उद्दृश्यबारे प्रष्ट पार्दै नगरपालिकाका वरिष्ठ लेखा अधिकृत रेनुराम ज्ञवालीले गत आर्थिक वर्षमा पालिकाले गरेका गतिविधिहरू, सेवा प्रवाह, योजना कार्यान्वयन तथा प्रगतिहरूको समग्र समीक्षा गरिने बताउनुभएको थियो ।
समिक्षा कार्यक्रममा नगर प्रमुख केशव कुमार श्रेष्ठले बोल्दै, “नगरपालिकाले आर्थिक वर्षभरि गरेका कार्यको समीक्षा गरी आगामी दिनमा अझ प्रभावकारी रणनीति बनाउन र सरोकारवालासँग प्रत्यक्ष संवाद गर्नका लागि समिक्षा कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रमले नगरको समग्र प्रगति चित्रण गर्नुका साथै आगामी दिनका योजना तथा प्राथमिकता निर्धारणमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

साथै सो अवसरमा सरोकारवालाहरुले आफनो धारणा राख्दै पालिकाले भावी दिनमा चाल्नु पर्ने आवश्यक कदमका बिषयमा चर्चा परिचर्चा समेत गरेका थिए ।

कार्यक्रममा पालिका भित्र सक्रिय विभिन्न गैरसरकारी संस्था, वडा कार्यालयहरू तथा पालिकाका शाखाहरूबाट सम्पादन गरिएका कार्यहरूको प्रस्तुती सम्बन्धित प्रतिनिधिहरू — गैरसरकारी संस्थाका प्रतिनिधि, वडा सचिवहरू र शाखा प्रमुखहरूले गरेका थिए।

कार्यक्रम बुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षता तथा योजना शाखा प्रमुख नविन खनालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उपप्रमुख मिरा थारु, प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराई, वडा अध्यक्षहरू, राजनितिक दलका प्रमुख तथा, प्रतिनिधिकार्यपालिका सदस्यहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि, नगरका कर्मचारी, सञ्चारकर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २१ श्रावण २०८२ बुधबार ००:००  ९ : ०५ बजे