सरिता थारु, चन्द्रौटा ।
शिवराज नगरपालिकाका नगर उपप्रमुख शिवकुमारी चौधरीले टेवाको सहयोग सहकार्य तथा समन्वयमा नगरमा जेसिआई निती छिट्टै बनाउने प्रतिबद्धता जनाउनु भएको छ । लैंगिक समानता, अपांगता, बालबालिका तथा समावेशिकरणका लागि छिट्टै नै जेसिई निति बनाउने प्रतिबद्धता जनाउनु भएको हो । शिवराज नगरपालिका ६ गौराभारीमा सम्पन्न सार्वजनिक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनु भएको हो । साथै उहाले विद्यालयमा खानेपानीको सुविधा, शौचालयको व्यस्थापन देखि लिएर गुणस्तरिय शिक्षाका लागि हरसम्भव प्रयासरत रहेको बताउनुभयो ।
सहभागिहरुको प्रश्न तथा जिज्ञासाको जवाफ दिदै उहाले नगरभित्रका गर्भवती महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको बताउनु भएको छ । साथै नगरपालिका भित्र गर्भवती महिलाहरुका लागि रगत जाँच, भिडियो एक्सरे सेवा निःशुल्क भएको बताउनुभयो ।
साथै उहाले उहाले चालु आर्थिक बर्ष २०८२।०८३मा महिला उद्दमशीलताको लागि ५० प्रतिशत अनुदान प्रदान गर्ने योजना रहेको बताउनुभयो । साथै हेयर कटिङ तालिम, थारु समुदायसँग जोडिएको लेहंगा सिलाउने तालिम, ढाका टोपी सिलाउने, दुना टपरीे तालिम लिन चाहनेलाई मेसिन पनि प्रदान गर्ने कार्यक्रम रहेको बताउनु भएको छ ।
यसाथै उहाले बालकोष ,अपाङ्ग, कोष, लैङ्गिक हिंसा निवारण कोषको कार्यान्वयन गर्ने बताउदै गरिब विपन्नका लागि हिंसा निवारण कोषबाट सहयोग गर्ने बताउनु भयो । महिलाको पक्षमा आवाज उठाउन महिलासँग उपमेयर कार्यक्रम,उद्घोषण कार्यक्रम, महिला पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्ने तयारीमा रहेको समेत जानकारी दिनुभयो । त्यस्तै विद्यालय क्षेत्रमा देखिएका समस्या समाधानका लागि अभिभावकको भूमिका पनि महत्त्वपूर्ण हुने बताउनुभयो ।
वडा नं। ६का वडा अध्यक्ष मेहताव आलमले शिवराज नगरपालिकाभित्र बालविवाह बहुविवाह सँग सम्बन्धित सन्देशमूलक कार्यक्रम सञ्चालन गरेको किशोर किशोरी सम्बन्धी विभिन्न कार्यक्रम गरेको बताउनुभयो ।
१० को वडा अध्यक्ष मन्जु मिश्र महिलाले आफ्नो लागि आफै लड्नुपर्ने, हिंसा सहन नहुने , समस्या भए सम्बन्धित ठाउँमा गएर आफ्नो कुराहरु राख्न आग्रह गर्नुभयो ।
त्यस्तै महिला शाखा प्रमुख जीवा केसीले अपाङ्गता परिचयपत्र वितरण , जेष्ठ नागरिक परिचयपत्र प्रदान कार्यलाई सहज बनाइएको बताउनु भयो । यस्तै उहाले गत आवमा १२ जनालाई कृत्रिम खुट्टा प्रदान गरेको समेत बताउनु भयो । कार्यक्रममा वीरपुर स्वास्थ्य चौकिका स्वास्थ्य अधिकृत पुर्ण कुमारी न्यौपानेले स्वाथ्य चौकीबाट प्रदान गरिने सेवासुविधाको बारेमा जनकारी दिनु भएको थियो ।
यस्तै विरपुर प्रहरी चौकीका प्रमुख माधव प्रसाद चौधरीले महिलाहरु कुनै समस्यामा परे उजुरीका लागि लागि सहज बातावरण तयार पारिएको बताउनु भएको थियो । कार्यक्रममा सहभागि महिलाहरुले नगरपालिकाभित्रै पाठेघर सम्बन्धी समस्याको उपचारसेवा ल्याउनुपर्नेमा जोड दिएका थिए । भने विद्यार्थीहरुले विद्यालयमा बर्खाको समयमा फिल्डमा पानी जम्ने समस्या, खानेपानीको समस्या, शौचालयको समस्या , बैठक बस्ने हलको सुविधा नभएको लगाएतका समस्या राखेका थिए ।
टेवा संस्थाका कार्यक्रम अधिकृत सरस्वती श्रेष्ठले कार्यक्रमको उद्देश्य, महिलाहरूको हक अधिकार र समाजमा रहेका अपाङ्गतालाई समेट्नु, महिलालाई आर्थिक सशक्ति करणमा जोड्नु , महिला उद्यमशीलता कसरी बढाउने भन्ने रहेको स्ष्पट पर्नु भएको थियो । साउमी फाइनान्स, टेवा , नमुना एकिृकत विकास परिषद, यूएन उमनका सहयोगमा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलनको सुदृढीकरणका लागि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको थियो । कार्यक्रमको सञ्चालन सामुदायिक टेलिभिजनका समाचार शाखा प्रमुख सरिता थारुले गर्नु भएको थियो ।
२४ श्रावण २०८२ शनिबार ००:००
8
Shares







प्रतिक्रिया