१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कोठी नदी नजिक मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो, दुई घाईते



मायादेवी अनलाइन, जितपुर ।
रुपन्देहीका सैनामैना नगरपालिका १० फारलाईन , कोठी नदि नजिक दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । पश्चिमबाट पुर्वतर्फ गईरहेको लु ०१००३ प २०४२ नं को मोटरसाईकल का चालक सैनामैना ११ का हरिनारायण थारुको घट्ना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । पुर्वबाट पश्चिमतर्फ आउदै गरेको लु ९४ प ९७८९ नं को मोटरसाईकलमा सवारहरु गम्भिर घाईते भएको र उपचारका लागि बुटवल लगिएको प्रहरी निरिक्षक खगेन्द्र अधिकारीले जनाए ।
घाईते हुनेमा कपिलवस्तु नगरपालिका ३ निवासी वर्ष २४ का सफल गैरे र बाणगंगा ४ निवासी वर्ष २० कि सुप्रिया शाही रहेका छन् सुप्रिया को अवस्था चिन्ताजनक रहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२ शनिबार ००:००  ७ : ४९ बजे