कपिलवस्तु ।
कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर १० हदौना गाउँलाई सुरक्षित राख्न यस बर्ष फेरी अस्थायी तटबन्ध निर्माण गरिएको छ ।
यस बर्ष ठुलो बाढी नआए पछि ठाउँ ठाउँमा कटान भए पछि बाणगंगा नदी अन्तर्गत कटान गरिएको क्षेत्रमा २ सय ७६ मिटर अस्थायी तटबन्ध निर्माण गरिएको हो । गत बर्ष पनि त्यही आसपास १ सय ७० मिटर अस्थायी तटबन्ध निर्माण गरिएको थियो । जनता तटबन्ध कार्यक्रम अन्तर्गत आरिसि प्रकुपाईन अस्थायी तटबन्ध निर्माण गरिएको प्रमुख शम्भु पण्डितले बताए । महाराजगंज नगरपालिका वडा नम्बर १० र पालिको सहयोगमा सो तटबन्ध निर्माण गरिएको उनले बताए । आरसिसी प्रकुपाई कार्यक्रम अन्तर्गत सहयोग गरिएको त्यहाँ बोरा राख्ने काम वडा र पालिकाको सहयोगमा भएको उनले बताए ।
अस्थायी तटबन्ध गरिएको अन्य केही स्थानमा पनि नदीले कटान गरेको वडाध्यक्ष शैलेन्द्र कुमार चौधरीले बताए । गत बर्ष आएको बाढीले २ घर समेत बगाएको थियो । कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर १० अध्यक्ष शैलेन्द्र चौधरीले अस्थायी तटबन्धले केही समयका लागि बस्ती जोगाएको बताए । उनले स्थायी समाधान नगरिए हदौना गाउँलाई जोगाउन मुस्किल हुने बताए । हर्दौनाका रमेश बहादुर सिंहले अस्थायी तटबन्धले गाउँ केही समयका लागि सुरक्षित भएको बताए ।
‘बाढी आउँदा हामीलाई कसरी ज्यान बचाउने त्यही चिन्ताले सताउँछ। यहाँका साढे चार सय घर परिवार नदीको चपेटामा पर्ने गरेका छन् ’ उनले भने । नदी कटानले दुई महिना यता आफुहरु रातभरि जाग्रमा बस्दै आएको पीडित शिवपुजनले बताए । उनले गाउँमा नदी पस्ने डरले रातभरि पालैपालो पहरेदारी गर्ने गरेको बताए । महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलामले अस्थायी तटबन्ध निर्माणले केही समयका लागि हदौना गाउँको संरक्षण भएको बताए । उनले बाणगंगा नदी कटान रोक्न लामो समय देखि रोकिएको बाणगंगा नदीको संरक्षण कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए । उता भारत सरकारको ६ अर्ब रुपैयाँ अनुदानमा बाणगंगा नदीमा सञ्चालन हुने जेसिआईएफएन कार्यक्रम समेत ३ बर्ष हुँदा समेत सञ्चालन हुन सकेका छैन । डिपिआर स्वीकृत भए पनि दुई देश बिचको बैठक बस्न नसक्दा बजेट निकासा हुन नसकेको उनले बताए ।







प्रतिक्रिया