१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

बाणगंगामा नक्कली छोरा भन्दै बालक लिएर हिँड्ने साधु प्रहरी नियन्त्रणमा



जितपुर, कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका–९ पडरिया टोलमा एक साधुले नक्कली छोरा बनाएर लैजान खोजेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

शुक्रबार दिउँसो करिब १२ बजेतिर शिबराज नगरपालिका बसोबासी भएको बताउने ३० वर्षीय बद्री ठाकुर ९साधु० नामक व्यक्तिले १३ वर्षीय बालक सुमन सुनारलाई आफ्नो छोरा भन्दै अर्घाखाँचीको सुपा देउराली जाने भन्दै बाटो लागेका थिए। तर बाटैमा जनचेतना आमा समूह ९ख० पडरियाका महिलाले शंका गरी साधु र बालकलाई सोधपुछ गरेका थिए।

सोधपुछका क्रममा साधुले बालकलाई आफ्नो छोरा भएको दाबी गरे पनि कुरो मिलेन। उनी छिनछिनमा कुरा फेरिरहेका कारण स्थानीयलाई शंका झनै बढेको थियो। पछि सत्य तथ्य नखुलेपछि जनचेतना आमा समूहले वडा कार्यालय–९ मा बुझाए। वडा कार्यालयले तत्कालै दुवैलाई ईलाका प्रहरी कार्यालय पिपरामा जिम्मा लगाएको छ।

घटनाबारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। बालक वास्तविक रूपमा सुमन सुनार नै भएको तर साधु बद्री ठाकुरसँग कुनै नाता नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ।सोधपुछका क्रममा साधुले किन बालकलाई छोरा बनाएर लैजान खोजेका हुन् भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : ३ भदौ २०८२ मंगलबार ००:००  ७ : ३५ बजे