१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कपिलवस्तुमा साउनमा मात्रै ६७ सवारी दुर्घटनाः ३ जनाले ज्यान गुमाए



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा साउन महिनामा मात्र विभिन्न ६७ वटा सवारी दुर्घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक रिपेन्द्र कुमार सिंहका अनुसार साउन महिनामा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । दुर्घटनमा परी १ सय ४३ जना घाइते भएका छन् । सवारी दुर्घटना न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले विभिन्न कार्यक्रम गरेपनि दुर्घटना न्यूनिकरण हुन सकेको छैन् । प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता रिपेन्द्र कुमार सिंहले ट्राफिक नियमको पालना गरि सवारी साधन चलाउन सबैलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ४ भदौ २०८२ बुधबार ००:००  ११ : ४३ बजे