कपिलवस्तु ।
स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङकनमा बाणगंगा नगरपालिका उत्कृष्ट नगरपालिका बन्न सफल भएको छ । संघिय मामिला मन्त्रालयको गुणस्तर परिक्षण स्व मूल्यांकनको अन्तिम परिणामबाट बाणगंगा नगरपालिकाले आ.व.२०८०/०८१ मा कपिलवस्तुका दश वटा पालिका मध्ये ८९.७५ अंक प्राप्त गरी जिल्ला उत्कृष्ट हुन सफल भएको हो । त्यस्तै जिल्लामा विजयनगर गाउँपालिकाले ८७।५ अंक ल्याएर जिल्लामा दोस्रो बनेको छ भने ८४.२५ अंक ल्याएर बुद्धभूमि नगरपालिका जिल्लामा तेस्रो बनेको छ ।
विशेषगरी स्व मूल्याङकनका दश वटा क्षेत्रहरु र एक सय सूचकका आधारमा स्थानिय तहको संस्थागत क्षमता स्व.मूल्याङकन गर्ने गरिएको छ । दश क्षेत्रहरुमा जसमा सकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना ब्यवस्थापन, वित्तिय एवम् आर्थिक ब्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद ब्यवस्थापन, सहकार्य र समन्वय रहेका छन् । स्थानीय तहहरूको संस्थागत क्षमता स्वमूल्यांकनबाट पालिकाको कार्यसम्पादन, नीतिगत क्षमता, वित्तीय व्यवस्थापन, मानव संसाधन, सेवा प्रवाह, पारदर्शिता, जवाफदेहिता आदि पक्षमा सवल तथा सुधार आवश्यक छ भन्ने कुराको पहिचान गर्न मद्दत गर्ने बाणगंगा नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत सूचना अधिकारी केशवराज भट्टराईले बताउनु भयो ।
९ भदौ २०८२ सोमबार ००:००
60
Shares







प्रतिक्रिया