३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

रामघाट नदीमा बेपत्ता बालक अझै भेटिएनन्ः चप्पल र लठ्ठी फेला



कपिलवस्तु ।
भैसी चराउन गएका बेला रामघाट नदीमा सोमबार दिउँसो बेपत्ता भएका कपिलवस्तु नगरपालिका वडा नम्बर ३ डेरवाका दयाल चौहानका छोरा मोहन चौहानको चप्पल र लठ्ठी फेला परेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले उनको खोजी कार्य जारी राखे पनि अझै फेला भने पर्न नसकेको जनाइएको छ। उद्धार टोलीले उनलाई फेला पार्न नसकेपछि आज को खोजी कार्य स्थगित गरिएको छ ।जिल्ला प्रहरी कार्यालय कपिलबस्तु प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहकाअनुसार भैंसी फरकाउने क्रममा कपिलबस्तु नगरपालिका ३ डेरवाका १४ वर्षीय मोहन चौहान बेपत्ता भएका थिए ।

प्रकाशित मिति : ९ भदौ २०८२ सोमबार ००:००  ७ : ५२ बजे