वाणगंगा ।
कपिलवस्तुको वाणगंगाको चारनम्बर स्थित तौलिहवा रोडमा आधुनिक सेवा सुविधासहित साहारा डेन्टल क्लिनिक सञ्चालनमा आएको छ । दाँत, मुख गिजा सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने उद्देश्यले क्लिनिकले अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकहरू मार्फत सेवा दिन सुरु गरेको हो।
दन्त रोग विशेषज्ञ डा. सुशान्त क्षेत्रीका अनुसार क्लिनिकमा दाँत दुखाइ, दाँत फुकाल्ने, गिजा उपचार, कृत्रिम दाँत जडान, दाँत सफा गर्ने लगायत सामान्य सेवा मात्र नभई जटिल उपचार समेत उपलब्ध हुनेछ । विशेषज्ञ डाक्टरद्धारा प्रत्येक दिन सफल उपचार तथा परामर्श गरिने बताइएको छ । टियुबाट बिडिएस एमडिएस गरेका डा. सुशान्त बैरिया निवासी हुन् । आफै विशेषज्ञ सहितको सेवा संचालन गरेर स्थानीय स्तरमा सर्वसुलभ र राम्रो सेवा दिने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।
विशेषगरी नमिलेका बाङ्गा–टेडा दाँत मिलाउने (consultant orthodontist) सेवाका लागि डा. निरञ्जन आचार्य रहनेछन् भने मुख–गिजा सम्बन्धी शल्यक्रियाका लागि प्रमुख मुख शल्य चिकित्सक डा. नागेन्द्र शिरिस र डा. हेमन्तराज अाचार्यले उपचार गर्नेछन् ।
स्थानीयस्तरमै यस्ता विशेषज्ञ सेवाहरू उपलब्ध हुन थालेपछि बिरामीहरूलाई ठूलो राहत हुने बताइएको छ । यसअघि यस्तो सेवा लिन बुटवल वा काठमाडौंजस्ता शहर धाउनुपर्ने बाध्यता रहेकोमा अब नजिकै उपचार सम्भव भएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै चिकित्सकहरूले दाँत र मुख स्वास्थ्यलाई सामान्य ठान्ने प्रवृत्ति त्यागी नियमित परीक्षणमा जोड दिनुपर्ने बताएका थिए । दाँत सम्बन्धी सानो समस्यालाई समयमै उपचार नगरे गम्भीर रोग निम्तिन सक्ने चेतावनीसमेत उनीहरूले दिए ।
यससँगै वाणगंगा क्षेत्रमा आधुनिक दन्त उपचार सेवाको सहज पहुँच उपलब्ध भएको स्थानीय नारायण भट्टराइले खुशी व्यक्त गरेका छन्।








प्रतिक्रिया