१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कपिलवस्तुमा विष्फोटक पद्धार्थसहित मुख्य योजनाकार पक्राउ



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा विष्फोटक पद्धार्थसहित मुख्य योजनाकार पक्राउ परेका छन् । जिल्लाको शुद्धोधन गाउँपालिका ५ बस्ने ३९ वर्षका राधेश्याम विश्वकर्मालाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताउनुभयो । विश्वकर्मालाई बुधबार बिहान साढे ६ बजे मायादेवी गाउँपालिका ९ पकडी स्थित राकेश कुमार यादवको घरमा लुकाएको अवस्थामा बम, बम फुटाउने बुट्टा तथा शंकास्पद सामग्रीसहित पक्राउ गरिएको हो ।

प्रकाशित मिति : १८ भदौ २०८२ बुधबार ००:००  ८ : १४ बजे