१८ मंसिर २०८२, बिहिबार | Fri Dec 5 2025

गौतमबुद्ध सामुदायिक वनद्धारा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत



मायादेवी अनलाइन, प्रेमनगर ।

गौतमबुद्ध सामुदायिक वन उपभोक्ता समुहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शनिबार कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा वनका अध्यक्ष सुर्य मल्लले आगामी वर्षको निती तथा कार्यक्रम र आर्थिक वर्ष ०८१/०८२ को आयब्यय प्रस्तुत गर्नुभएको थियो । हरियोबन नेपालको धन भन्ने नाराका साथ वनको संरक्षण र प्रर्बद्धनमा आफुहरु रहेको भन्दै गौतमबुद्ध सामुदायिक वनले यसका अलवा शिक्षा, स्वास्थ्यलाई पनि महत्वदिदै सामाजिक कार्य गर्दै आएको बताउनुभयो ।

सामुदायिक वनले गत आर्थिक वर्ष एक करोड १९ लाख ३७ हजार बराबरको कारोबार गरेको छ । वनले गत आर्थिक वर्ष विद्यार्थीलाई छात्रवृत्ती, वडा स्तरीय क्रिकेट प्रतियोगिता, क्षमता विकास तथा कृषकको लागि तालिम लगाएतका कार्यक्रम सम्पन्न गरेको थियो । आगामी वर्ष पनि बनले सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यक्रम संचालन गर्ने बताउनुभयो । यसैबीच गौतमबुद्ध सामुदायिक वनले आगामी आर्थिक वर्ष २०८२/०८३ को अनुमानित वार्षिक आम्दानी, निति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

जसमा १ करोड ६५ लाख बढीको अनुमानित आम्दानी बजेट अध्यक्ष मल्लले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वनका पदाधिकारी, वडा सदस्य, वनका उपभोक्ता, शसस्त्र प्रहरी बेस कयाम्प चौरीका इनचार्ज, संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो । यसैबीच बनले गरेका विभिन्न कार्यक्रमको बारेमा सार्वजनिक सुनुवाई पनि सम्पन्न भएको छ । कार्यक्रममा उठेका विभिन्न जिज्ञासाको जवाफ अध्यक्ष मल्लले दिनुभएको थियो ।

प्रकाशित मिति : २१ भदौ २०८२ शनिबार ००:००  ८ : १४ बजे