१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

संविधानको संरक्षण गर्ने जिम्मेवारीबाट पछि नहट्ने सामुहिक प्रतिबद्धता



कपिलवस्तु ।

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरूले संविधानको संरक्षण गर्ने जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने प्रतिवद्धता जनाएका छन् ।

नेताहरूले जेन जि पुस्ताले उठाएका मागलाई सम्बोधन गर्दै अघि बढ्ने र नयाँ नेपाल निर्माणमा हातेमालो गरेर अघि बढ्ने प्रतिज्ञा गरेका हुन् । उनीहरूले भने, “जेन जि हाम्रा छोरा–नाति हुन्, उनीहरूको मागलाई सम्बोधन गर्दै अगाडि बढ्छौं।”

कार्यक्रममा ज्ञात–अज्ञात सहिदहरूको सम्झनामा मौन धारण गरिनुका साथै दीप प्रज्ज्वलन पनि गरिएको थियो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य गिरधारीलाल न्यौपाने, नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य अत्तर कमाल मुसलमान, एमाले नेता डम्मर शर्मा,

एमाले नेता एवम् बाणगंगा नगरप्रमुख चक्रपाणी अर्याल, पूर्व वडा अध्यक्ष तथा महिला नेतृ बालकुमारी अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संविधान दिवसको उक्त कार्यक्रम नेपाली कांग्रेस र नेकपा (एमाले) बाणगंगाद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति विष्णु थापाको अध्यक्षता, एमाले नेता भिष्मराज भुसालको सञ्चालन र एमाले बाणगंगा नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालको स्वागत मन्तव्य रहेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८२ शुक्रबार ००:००  ६ : ४१ बजे