मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । प्रहरीलाई प्राप्त गोप्य सुचनाको आधारमा जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले असोज २ गते वाणगंगा नगरपालिका ८ ढोडेकोल निवासी २६ वर्षकी सिता भन्ने सकुन्तला मानन्धर, बाणगंगा ७ कोईलि बनगाई बस्ने ३४ वर्षका सन्तोष भन्ने नर बहादुर पुनलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पिपाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सकुन्तला मानन्धरको घर भित्र सुन राख्ने सानो बट्टामा प्लाष्टिकको पुरिया बनाई लुकाई छिपाई राखेको १ ग्राम २३० मिलिग्राम लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ, लु ४१ प ३०२५ नं को स्कुटर समेत बरामद गरेको छ । उनिहरुमाथि लागू औषध (ब्राउन सुगर) सम्बन्धी मुद्दामा कपिलवस्तु जिल्ला अदालतबाट २० दिन म्याद थप भई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
यस्तै असोज ४ गते कपिलवस्तु नगरपालिका ११ अदौराकोटमा लागु औषध कारोबार भइरहेको सुचना प्राप्त हुनसाथ खटिएको इलाका प्रहरी कार्यालय पिपराले २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले अदौरा बस्ने २३ वर्षका प्रभाकर धोबी र बाणगंगा ११ बरहवा बस्ने १९ वर्षका सागर पासिलाई पक्राउ गरेको हो । धोबीको साथबाट लुकाई छिपाई राखेको ५३० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र पासीको साथबाट १ ग्राम ५७० मिलिग्राम गरी २ ग्राम १०० मिलिग्राम लागू औषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनिहरुमाथि औषध सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट २० दिन म्याद थप भई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।







प्रतिक्रिया