१८ मंसिर २०८२, बिहिबार | Fri Dec 5 2025

कृष्णनगर भन्सारबाट दैनिक डेढ करोड राजश्व संकलन



कृष्णनगर ।  

जेन-जी आन्दोलनका कारण ४ दिन आयात निर्यात प्रभावित बनेको कपिलवस्तुको कृष्णनगर भन्सार नाका अहिले पुरानै लयमा फर्केको छ । आन्दोलनका कारण भदौ २३ र २४ भन्सारको काम रोकिएको थियो ।  

यस्तै भदौ २५ र २६ मा आंसिक प्रभाव परेको थियो । भदौ २७ गते देखि भने भन्सारमा पुरानै लयमा फर्केको भन्सार कार्यालयका प्रमुख फणिन्द्र खतिबडाले बताए ।  

अहिले दैनिक १ करोड ४० लाखदेखि डेढ करोड रुपैयाँसम्म भन्सारमा राजस्व उठिरहेको उनले बताए । मुलुकका १० ठूला भन्सार नाकामा पर्ने कृष्णनगर नाकाबाट आयात निर्यात पुरानै लयमा फर्केको उनले बताए ।  

औधोगिक कच्चा पदार्थ, फलफल, हवाई इन्धन लगायतका सामान यही नाकाबाट आयात भईरहेको खतिवडाले बताए । अहिले दैनिक सयभन्दा बढी मालबाहक सवारी साधनले सरसामान आयात निर्यात गर्ने गरेको उनले बताए ।  

कृष्णनगरबाट भारतमा हवाई इन्धन डिपो नजिक रहेकाले यहीबाट आयात भइरहेको उनले बताए । सम्राट र घाराही सिमेन्ट उद्योले समेत यही नाकाबाट सामान आयात गर्ने गरेका छन ।  

साउन र भदौ महिनामा गरी ८२ करोड ५९ लाख राजस्व संकलन भएको भन्सारका सूचना अधिकृत महेन्द्रकुमार कर्णले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०८२ आइतबार ००:००  ७ : ०५ बजे