कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका वडा नम्बर १ आन्दोलन चोकमा रहेको आर्या बचत तथा ऋण सहकारीको नव निर्मित भवनको मेयर सुदीप पौडेलले उदघाटन गरेका छन । सहकारीले आफनै लगानीमा २० लाख बढीको जग्गा खरिद गरी बनाइएको भवनको मेयर पौडेलले रिबन काटेर भवनको उदघाटन गरेका हुन ।
कपिलवस्तु नगरपालिकाको ४ लाख वडा नम्बर १ को ३ लाख, वडा नम्बर २ को एक लाख र वडा नम्बर ३ को १ लाख सहयोग तथा आफनो लागनी गरी कुल २० लाख बढीको लागतमा भवन निर्माण गरिएको हो । सो अवसरमा मेयर पौडेलले सहकारीमा अपचलनको कुरा धमाधम बाहिर आईरहेको बेला आर्या बचतले सर्वसाधारणको बचत सुरक्षित राखेर राम्रो काम गरेको भन्दै प्रशंसा गरे ।
उनले सहकारीको सिद्धान्त अनुसार काम गर्न आग्रहगर्दै नगरपालिकाले सहकारीको बिकासकालागि लगानी गर्ने प्रतिबद्धता ब्यक्त गरे । सो अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्बर २ का अध्यक्ष जाहिद खा, वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे लगायतले शुभकामना मन्तब्य दिएका थिए । सो अवसरमा सहकारीका अध्यक्ष प्रकाश घिमिरेले जनताको बचत सुरक्षित साथ राखेको र सहकारी अनुशासनका काम गरेको बताए । कार्यक्रम अध्यक्ष घिमिरको अध्यक्षतामा भएको थियो । सहकारीमा १८ सय बढी बचतकर्ता रहेका छन ।







प्रतिक्रिया