मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा लैंगिक हिंशा सम्बन्धी घटना ब्यवस्थापन तालिम सुरु भएको छ । हुरेक नेपालको आयोजना तथा युएनएफपिए, प्लान इन्टरनेशनल तथा कोइकाको सहयोगमा सोमबारबाट सुरु भएको तालिम ३ दिन सम्म चल्ने छ ।
तालिममा लैंगिकतामा आधारित हिंशाको अवधारणा, प्रभावितहरुमा हिंशाले पार्ने असर, लैंगिक हिंशा सम्बन्धी घटना ब्यवस्थापनका चरण लगाएतबारे सहभागिलाई जानकारी गराइएको छ । कार्यक्रममा शुभकामना मन्तब्य दिँदै हुरेक नेपालका कार्यकारी निर्देशक राजु आचार्यले लैंगिक हिंशा नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने यसतालिममा सक्रिय रुपमा सहभागि हुन सबैमा आग्रह गर्नुभयो ।
तालिममा वरिष्ठ नर्सिङ अधिकारी विद्या खत्री तथा राष्ट्रिय स्थास्थ्य तथा सुचना केन्द्रका जनस्वास्थ्य अधिकृत सबिना केसीले प्रशिक्षण दिनुभएको छ । तालिममा ओसीएमसीका प्रतिनिधी, प्रहरी महिला जवान, महाराजगंज नगरपालिका, शुद्धोधन र विजयनगर गाँउपालिका, एसोसिएसन नेपाल लगाएतबाट गरी २० जना सहभागि रहेको हुरेक नेपालका फिल्ड अफिसर अनिल द्धुवेदीले बताउनुभयो ।







प्रतिक्रिया