कपिलवस्तु ।
कपिलवस्तुमा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट एक युवाको निधन भएको छ ।
जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ स्थित जगदीशपुरबाट बनगाई जादै गरेको लु २० प ९४५२ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा रमेश आचार्यको मृत्यु भएको हो ।
मृत्यु भएका आचार्य बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडका रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिहंले जानकारी दिए ।
उनको शवलाई अहिले पिपरा अस्पताल राखिएको छ ।
त्यस्तै मोटरसाइकलमा सवार अर्का सुजन सुनारको अवस्था गम्भीर रहेको छ ।
उनको अहिले बुटवलस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।







प्रतिक्रिया