काठमाण्डौ ।
निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य चुनावलाई पर्यावरणमैत्री अर्थात् हरित चुनावका रूपमा सम्पन्न गर्न राजनीनितिक दलहरूसँग आग्रह गरेको छ ।
आयोगले आधुनिक समयमा पर्चा, पम्पप्लेट र प्रदूषणमुक्त चुनाव गराई हरित चुनाव अर्थात् ुग्रीन इलेक्शनु समयसापेक्ष हुने भन्दै राजनीतिक दलबाट सहयोग र सुझाव माग गरेको हो ।
आयोगका सहसचिव यज्ञप्रसाद भट्टराइका अनुसार जैविक रूपले नष्ट नहुने वा वातावरणमा हानि पुर्याउने कागज, प्लास्टिक, इन्धनजस्ता सामग्रीको न्यूनतम प्रयोग गर्दै डिजिटल, दिगो र प्रदूषणमुक्त माध्यमबाट सम्पन्न गरिने चुनावलाई हरित चुनाव भनेर बुझिन्छ ।







प्रतिक्रिया