३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाइयो



तौलिहवा ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै कपिलवस्तुमा पनि हर्षोल्लासका साथ शुक्रबार छठ पर्व मनाइएको छ। कपिलवस्तु नगरपालिका–१ चपरतल्ला स्थित सझीया घाटकारुपमा रहेको जमुहार नदी, बाणगंगा नदीको रामघाटमा छठी माताको पूजाआजा गर्दै यो पर्व मनाइएको हो।

यस्तै कृष्णनगर, बहादुरगंज लगायतका स्थानमा रहेको पोखरीमा समेत भक्तजनहरुले सूर्यको बिशेष पूजापाठ गरी सामूहिकरुपमा यो पर्व मनाएका हुन्। छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिन्छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२ सोमबार ००:००  ७ : ०५ बजे