कपिलवस्तु ।
कार्तिक शुक्ल पूर्णिमा (नहान)को अवसरमा कपिलवस्तुका आठ पालिकाले स्थानिय बिदा दिएका छन् । यहि कार्तिक १९ गते बुधबार कपिलवस्तुमा मनाइने कार्तिक शुक्ल पूर्णिमा (नहान)को अवसरमा मंगलबार ८ पालिकाले स्थानीय बिदा दिएका हुन् । जिल्लाको कपिलवस्तु, शिवराराज, महाराजगंज तथा कृष्णनगर नगरपालिकाले स्थानीय बिदा दिएका छन । यसैगरी मायादेवी गाँउपालिका, यशोधरा गाँउपालिका, शुद्धोधन गाँउपालिका र विजगनगर गाँउपालिकाले स्थानीय बिदा दिएका हुन् । कार्तिक शुक्ल पूर्णिमाको अवसरमा भोलि रामघाट, लक्ष्मणघाटमा बृहत मेला लाग्ने लाग्दैछ ।
१८ कार्तिक २०८२ मंगलबार ००:००
146
Shares







प्रतिक्रिया