१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

बाणगंगामा स्कुटर दुर्घटनामा ३० वर्षिय युवकको मृत्यु



कपिलवस्तु ।
कपिलवस्तुमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधबार बिहानै कपिलवस्तुको चारनम्बर-तौलिहवा रोडस्थित बाणगंगाको ठाकुरापुर नजिक लु ८७ प ७२१३ नम्बरको स्कुटर सडक छेउमा रहेको कुलोमा खसेको अवस्थामा भेटीएको हो ।

दुर्घटनापछि स्थानियले उनलाई देखेको र मृत्यु भइ सकेको बताएका थिए । मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर ११ हथौसाका बर्ष ३० का हेमन्त गुरुङ रहेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक अर्जुन पौडेलले जानकारी दिए ।घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरी जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२ बुधबार ००:००  ८ : २५ बजे