१७ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

कपिलवस्तुमा भएको मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दार यादवको मृत्यु



कपिलवस्तु।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–३ मा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्को व्यक्ति गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार लु ८३ प ७६९२ नम्बरको मोटरसाइकलका चालकको घटनास्थलमै मृत्यु भएको हो। मृतक प्रहरी सहायक हवलदार रामबिलास यादव रहेका छन । उनी रुपन्देही जिल्लाको रोहीणी ७ टिकरका हुन ।

सोही दुर्घटनामा गम्भीर घाइते भएका अर्का व्यक्तिलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जानकारी दिएको छ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८२ शनिबार ००:००  ८ : ५१ बजे