कपिलवस्तु ।
कवि एवं शिक्षा प्रेमी तेजकुमार बौद्धचार्यको ९५ औँ जन्मजयन्ती कपिलवस्तुको तौलिहवामा मनाएको छ । ४ दशक बढी शिक्षण सेवा गरेका शैक्षिक धरोधर बौद्धाचार्यको जन्मजयन्ती तेजकुमार बौद्धचार्य मेमोरियल ट्रस्टले तौलिहवामा बिशेष कार्यक्रम गरी मनाइएको हो ।
कार्यक्रममा कपिलवस्तुका तीन श्रष्ठाहरूलाई सम्मान गरिएको छ । कवि राघवेन्द्र श्रीवास्तव सञ्चारकर्मी नारायण प्रसाद पौडेल र गीतकार सन्दिप दुबेलाइ सम्मानित गरिएको हो । दोसल्ला, ढाका टोपी प्रशंसा पत्र सहीत उनीहरुलाइ सम्मानित गरिएको हो ।
बरिष्ठ साहित्यकार पशुपतिमणि त्रिपाठी, ट्रस्टकी अध्यक्ष शसुमई शाक्य, बुद्धपद उमाबिका पुर्व प्रअ शुत्रघनलाल श्रीवास्तवले उनीहरुलाई सम्मानित गरेका थिए । यस्तै एसइइ २०८१ मा उत्कृष्ट अङ्क ल्याउने तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयका आकृति कसौधन र सन्दीप मौर्यलाई समेत सम्मानित गरिएको छ ।
यसैक्रममा प्राविस्तरीय हस्तलेखन प्रतियोगीतामा प्रथम भएकी बुद्धपदम माविकी छात्रा सोनाक्षी गुप्तालाइृ समेत पुरस्कृत गरिएको थियो । कार्यक्रममा श्रस्ट्राहरुले आआफनोे कबिता रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा शत्रुघनलाल श्रीवास्तव, पशुपतिमणि त्रिपाठी, बुद्धपदम माविका प्राचार्य बावुराम भण्डारी, कमला श्रेष्ठ लगायतलेले स्वर्गीय बौद्धाचार्यको यागदान बारे चर्चा गरेका थिए । कार्यक्रम ट्रस्टकी अध्यक्ष शाक्यको अध्यक्षता र सकुन्तला पौडेलको संचालनमा भएको थियो ।







प्रतिक्रिया