कपिलवस्तु ।
कपिलवस्तु । जिल्ला कपिलवस्तुको कृष्णनगर नगरपालिका–२, बसपार्कस्थित हमाल होटलमा क्रिप्टोकरेन्सी मार्फत अवैध आर्थिक कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले भारतको महाराष्ट्र, मुम्बई मलाड ईस्ट कुर्ला मिलन पिपरी पाडा चौलमा बस्ने वर्ष २९ का साहिल सुनिल सिंह र भारतकै उत्तर प्रदेश, लखनउ मणिनगरमा बसोबास गर्ने वर्ष २४ का उज्ज्वल सिंह लाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट अवैध मुद्रा कारोबारसँग सम्बन्धित कागजात, प्रमाण तथा विभिन्न कम्पनीका ४ थान मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि मुलुकी अपराध संहिता अन्तर्गत अवैध आर्थिक कारोबार कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
प्रहरीका अनुसार हाल जिल्ला अदालत कपिलवस्तुबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी रविन्द्र कुमार सिंह ले डिजिटल माध्यमबाट हुने यस्ता अवैध कारोबार नियन्त्रणमा प्रहरी थप सक्रिय बनेको र कानुनविपरीत गतिविधिमा संलग्न जो–कोहीमाथि कडा कारबाही गरिने बताउनुभयो ।







प्रतिक्रिया