३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

चिसो बढेपछि बाणगंगाका विद्यालयमा सोमबार बिदा



बाणगंगा ।

बाणगंगा नगरपालिकाले अत्यधिक चिसो बढेपछि नगरभित्रका सम्पूर्ण सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरूमा एक दिन बिदा दिएको छ ।

आज आईतबार जारी सूचनाअनुसार हुस्सु र शीतलहरका कारण प्रतिकूल मौसम सिर्जना भई विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सोमबार पुष १४ गते सम्पूर्ण विद्यालयमा बिदा दिइएको जनाईएको छ ।

नगर प्रमुख चक्रपाणी अर्यालद्वारा हस्ताक्षरित सूचनामा मौसमको अवस्था सामान्य भएपछि पठनपाठन नियमित रूपमा सञ्चालन गरिने उल्लेख गरिएको छ ।

साथै नगरप्रमुख अर्यालले बढ्दो चिसोका कारण बालबालिका, वृद्ध तथा कमजोर स्वास्थ्य अवस्था भएका व्यक्तिमा जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध समेत गर्नुभएको छ ।

प्रकाशित मिति : १३ पुस २०८२ आइतबार ००:००  ८ : ४० बजे