मायादेवी अनलाइन, कपिलवस्तु ।
नेकपा एमाले कपिलवस्तुले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । पार्टीले जिल्लाका तीन वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा बसेका निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकमार्फत उम्मेदवार सिफारिस गरेको हो ।
पार्टीले दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा एकल उम्मेदवारको नाम सिफारिस गरेको छ भने निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यका लागि चार जनाको नाम सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा नेत्रराज अधिकारी, अकबाल अहमद शाह, शिराज अहमद फारुकी र मिना परियारको नाम सिफारिस गरिएको हो ।
जिल्ला सचिव सिबी गहतराजका अनुसार पार्टीको विधान तथा संगठनात्मक संरचनाअनुसार स्थानीय तहदेखि केन्द्रसम्म छलफल र समन्वय गरी उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाइएको हो ।
बैठकमा पार्टीका जिल्ला, क्षेत्रीय तथा स्थानीय तहका नेताहरूको सहभागिता रहेको थियो । सहभागी नेताहरूले पार्टीलाई आगामी निर्वाचनमा जित दिलाउन एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।







प्रतिक्रिया