२८ पुस २०८२, सोमबार | Tue Jan 13 2026

गुल्मीमा एक पुरुष मृत फेला



गुल्मी । गुल्मीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। यस जिल्लाको रेसुङ्गा नगरपालिका वडा–७, अर्घाखाँची जिप पार्कस्थित सार्वजनिक शौचालयको बाहिरी पेटीमा एक पुरुष मृत फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार आज बिहान रेसुङ्गा नगरपालिका–७, आदर्शचोकका ४९ वर्षीय पुर्सबहादुर विक सुतिरहेको अवस्थामा मृत फेला पर्नु भएको हो। मृत फेला पर्नु भएका विकले विगत एक र दुई वर्षदेखि मागी हिँडि खाने र प्रायजसो अत्याधिक मापसे गरी रहने बताइएको छ। 

स्थानीयले घटनाबारे जिल्ला प्रहरी कार्यालय गुल्मीमा जानकारी गराउन साथ प्रहरी निरीक्षक पर्वतकुमार केसीको कमान्डमा सोकोसहित सात जनाको प्रहरी टोली खटिएको थियो। उनकाे मृत्यु हुनुको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रकाशित मिति : २० पुस २०८२ आइतबार ००:००  ८ : ४३ बजे