२८ पुस २०८२, सोमबार | Tue Jan 13 2026

नौ सय बढी विद्यार्थीलाई न्यानो कपडा



कपिलवस्तु ।
जाडो र शीलतहरले पठनपाठनमा समस्या आए पछि कपिलवस्तु नगरपालिका वडा नम्बर ६ मा रहेका ५ बिद्यालयका ९ सय बढी बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको छ । चुजी फाउन्डेशनले महेन्द्र आधारभुत बिद्यालय, लम्बु सागर, तिलौराकोट, बुद्ध बिद्या र जनता आधारभुत बिद्यालयमा रहेका ९ सय २१ बालबालिकालाई न्यानो कपडा बाडेको हो ।
फाउन्डेशनका सहजकर्ता राकेश उपाध्यायका अनुसार बालबालिकालाई स्विटर, टोपी र मोजाको सेट उपलब्ध गराइएको हो । वडामा रहेको महेन्द्र आधारभुत बिद्यालयमा रहेका बालबालिकाहरुलाई न्यानो कपडा बितरण कार्य संपन्न गरिएको उहाले बताउनुभयो ।
वडाका सबै ५ वटा बिद्यालयमा रहेका बिद्यार्थीलाई न्यानो कपडा वितरण गरिने उहाले बताउनुभयो । फाउन्डेशनकी छिङ युक, सहजककर्ता, राकेश त्रिपाठी, सिमा, एलिजा, सिमरन लगायतको टोलीले बिद्यार्थीहरुलाई न्यानो कपडा बिद्यालय मै गएर बाडेका थिए । जाडोमा बिद्यालयका बिद्यर्थीहरुलाई केही भए पनि राहतहोस भन्ने उद्देश्यले न्यानो कपडा बाडिएको सहजकर्ता उपाध्यायले बताउनुभयो ।
वडाध्यक्ष रामजीत कुर्मीले आफना वडामा रहेको सबै बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेर धेरै राम्रो काम गरेको बताउनुभयो । उहाले यो कार्यले बिशेषतः गरीब र बिपन्न बालकालिकालाई धेरै राहत मिलेको बताउनुभयो । फाउन्डेशनले सोही वडाको बर्मेलीमा ३० करोड बढी लागतमा लभ भिलेज निर्माण कार्य अघि बाढएको छ ।

प्रकाशित मिति : २५ पुस २०८२ शुक्रबार ००:००  ७ : २५ बजे