३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

कपिलवस्तुमा एक महिनामै सवारी दुर्घटनामा ८ जनाको मृत्यु



दिपा महत, तौलिहवा ।
कपिलवस्तु जिल्लामा एक महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परि ८ जनाले ज्यान गुमाएका छन् । पौष महिनामा जिल्लाभर भएका विभिन्न सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले पौष महिनाभर जिल्लामा ६६ वटा सवारी दुर्घटना भएको बताउनुभयो ।

सूचना अधिकारी सिंहले सवारी दुर्घटनाबाट बच्नका लागि ट्राफिक नियमको पूर्णरूपमा पालना गर्दै सवारी साधन चलाउन सर्वसाधारणलाई आग्रह गर्नुभयो । उहाँले दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

नागरिक स्वयं सचेत भएमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने भन्दै प्रहरीले सबैलाई सुरक्षित र जिम्मेवार भएर सवारी सञ्चालन गर्न अपिल गरेको छ ।

प्रकाशित मिति : ४ माघ २०८२ आइतबार ००:००  ६ : ४८ बजे