१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

कपिलवस्तुमा पौष महिनामा २६ जना हराए, १७ जना फेला



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु जिल्लामा पौष महिनामा मात्रै २६ जना हराएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार हराउनेमध्ये सबैभन्दा बढी महिला रहेका छन् ।

प्रहरीका अनुसार हराएका २६ जनामध्ये १७ जना फेला परेका छन् भने बाँकी ९ जनाको खोजी कार्य जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले पौष महिनामा १५ जना महिला हराएको जानकारी दिनुभयो । तीमध्ये ७ जना फेला परेका छन् भने ६ जनाको खोजी कार्य भइरहेको छ ।

यस्तै, सोही अवधिमा ३ जना बालक हराएकोमा तीनै जना फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी ८ जना बालिका हराएकोमा ५ जना फेला परेका छन् भने ३ जनाको खोजी कार्य अझै जारी रहेको सूचना अधिकारी सिंहले बताउनुभयो ।

प्रहरीले हराएका व्यक्तिको खोजी कार्यलाई तीव्रता दिएको र सर्वसाधारणलाई सूचना भए तुरुन्त नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ माघ २०८२ आइतबार ००:००  ७ : १५ बजे